२०८३ कार्तिक ११ गते मङ्गलबार

चुनाव हारेपछि बालुवाटार पुगे कांग्रेस-माओवादी निकट एनआरएनए उम्मेदवार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ३
ms_rk

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनमा चुनाव हारेका केही उम्मेदवार बालुवाटार पुगेका छन्।

चुनावमा धाँधली भएकाले हस्तक्षेप गर्न माग गर्दै उनीहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट अधिकांश उम्मेदवार पराजित छन्। पराजित उम्मेदवारले अनलाइन मतदान प्रणालीलाई दोष देखाउँदै धाँधली भएको आरोप लगाएका छन्।

महाधिवेशनबाट बहालवाला अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। अधिकांश उम्मेदवार उनकै समूहबाट निर्वाचित भएका छन्।

केसी एमालेनिकट मानिन्छन्। अध्यक्षमा पराजित उम्मेदवार महेश श्रेष्ठ कांग्रेसनिकट र राजेन्द्रकुमार शर्मा (आरके) माओवादीनिकट हुन्।

बिहीबार प्रत्यक्ष र अनलाइन मतदान भएको थियो। डा. केसी १ हजार ३७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २८१, श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

उपाध्यक्षमा डा. हेम राज शर्मा (२२६५), रोविन शेरचन (२१८०) रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा।विनोद श्रेष्ठ (१५६०) मतसहित निर्वाचित भएका छन्।

यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान (१९४७) मत प्राप्त गरेर विजयी भइन्। युवा उपाध्यक्षमा रोसन थापाले (२४६८) विजयी भए।

संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरेका छन्।

उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रविन गुरुङ (२१५०) मतसहित विजयी भए। सचिव पदमा भिम केसी कमल (१६७३), डा। ज्ञानेन्द्र रेग्मी (१७८२), मनोज कुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारमणि पोखरेल (१६५१) र स्वतन्त्रप्रताप शाह (१६६६) विजयी भएका छन्। महिला सचिवमा टीका गुरुङ (राधिका) (२३२०) विजयी भइन्।

संघको कोषाध्यक्षमा सुदन थापा १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना (२०१५), अभिमन्यु बस्नेत (२०८१) र तिलकप्रसाद गैरे (२२३२) मत प्राप्त गरेर जित हासिल गरे। यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापा २२८७ मत प्राप्त गरेर विजयी भइन्।

अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन्। संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भए । सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरे।

पराजित भएपछि डा. केशव पौडेलले काठमाडौंको होटल सोल्टीमै एक भेला गरी एनआरएनएमा फ्रड र माफियातन्त्र हाबी भएको आरोप लगाए। अभियन्ताहरूले सिन्डिकेट गरेको गुनासो पनि उनले गरे। ‘यो नतिजा कदापि मान्य हुँदैन,’ उनले भने।

यस्तै अध्यक्षका अर्का प्रत्यासी श्रेष्ठले पनि सिस्टम ह्याक गरेर आफूलाई हराइएको दाबी गरे।

अध्यक्षमा पराजित भएपछि मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ।’

निर्वाचित नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए।

सरकारको नेतृत्वकर्ता दल माओवादीनिकट उम्मेदवार शर्माले त नवनिर्वाचित कार्यसमितिलाई काम गर्न नदिन परराष्ट्र मन्त्रालयमार्फत् हस्तक्षेप गर्ने धम्की नै दिए। उनले भने, ‘अब गैरआवासीय नेपाली संघ शून्यमा गएको छ। परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्छ।’

प्रकाशित: २०८० कार्तिक ३ गते शुक्रबार १०:१९
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना