२०८३ कार्तिक ११ गते मङ्गलबार

टर्कीबाट आएको इमेल ‘रेस्पोन्स’ गर्दा मिर्गौलापीडित पूर्वइन्जिनियरको ९५ लाख चैट भएपछि …

 |  खिलानाथ ढकाल
Sanket

खिलानाथ ढकाल

काठमाडौँ, कार्तिक ४
5c93b3d0-9b08-48a4-b6bb-6bdf262801f7

काठमाडौं – काठमाडौंका एक पूर्वइन्जिनियर, जो धनाढ्य छन्।

उनी मिर्गौलापीडित हुन्। अहिले पनि डायलासिस गरिरहेका छन्। उनका छोराछोरी विदेशमा बस्छन्।

पुरी थरका ती पूर्वइन्जिनियर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बोलाउँदा चालकसहित गाडीमा आएका थिए। यसकारण कार्यालयले उनलाई ‘धनाढ्य’ ठान्छ।

तिनै पूर्वइन्जिनियरलाई एक महिनाअघि टर्कीबाट इमेल आयो।

जिमेलमा टर्कीको स्तानबुल बैंकबाट सन्देश आएको थियो।

इमेल सन्देशमा भनिएको थियो – पुरी थरकै नेपाली एक जना व्यक्ति कोभिड-१९ का कारण केही समयअघि टर्कीमा बिते। उनको बैंक खातामा ९५ लाख रुपैयाँ डलर छ। इमेलअनुसार उनको त्यो सम्पत्तिको हकवाला नेपालमा कोही छैन।

इमेलमा थप भनिएको थियो – पुरी नै थरका भएकाले तपाईंले त्यो रकममा हकदाबी गर्न सक्नुहुन्छ।

यति म्यासेज हेरेपछि ६९ वर्षका पूर्वइन्जिनियर मख्खै परेछन्।

मख्ख नपरून् पनि किन? जिमेलमा सन्देश पठाउनेले आफू स्तानबुल बैंकको मानिस भएको उल्लेख गरेका थिए। बैंकको हुबहु इमेल आइडी प्रयोग गरेका थिए। जिमेलमा सर्च गर्दा बैंक टर्कीमा रहेको पत्ता लाग्यो।

इमेल सन्देशमा थप विवरण खुलाइएको थियो – त्यो रकममा हालसम्म कसैले दाबी गरेको छैन। तपाईं दाबी गर्न सक्नुहुन्छ।

इमेलमा अर्को महत्वपूर्ण सन्देश यो थियो – यदि त्यसो नभए ‘स्तानबुल बैंकका उच्च कर्मचारीले उक्त रकम खाइमास्ने षडयन्त्र गरिरहेका छन्’।

यो सन्देश इमेलमा आएपछि पूर्वइन्जिनियर अत्यधिक चासो राख्न थाल्छन्।

सम्पत्ति ‘अपुताली परिहाल्ने’ ‘लोभ’मा उनले सम्बन्धित जिमेल आइडीमा रिप्लाई गर्न थाल्छन्।

उक्त बैंककै नामबाट कागजातहरू तथा बैंक स्टेटमेन्ट इमेलमा आउन थाल्यो। ९५ लाख डलर डिपोजिट रहेको बैंक खाता र स्टेटमेन्टसमेत इमेलमा आएपछि त झन् पूर्वइन्जिनियर रकम पाउने आशमा थप विश्वस्त बन्न थाल्छन्।

अपराध अनुसन्धान कार्यालयका अनुसार बैंकको कागजातहरू प्राप्त भएपछि इमेल गर्नेले कानुनी रूपमा त्यो सम्पत्ति ‘नामसारी गर्नुपर्छ’ भन्दै अर्का एक कानुन व्यवसायी भनिनेसँग सम्पर्कमा बस्न पूर्वइन्जिनियरलाई अनुरोध गरे।

पूर्वइन्जिनियरलाई अब कानुन व्यवसायी भनिने व्यक्तिले इमेल गर्न थाले।

कानुन व्यवसायी भनिनेले उनलाई कागजात माग्न थाले। नाता प्रमाणित गर्नुपर्ने, त्यसका लागि नागरिकता, जन्मदर्तालगायतका कागजात माग्न थाले। उनले कागजात पूरा नभइकन रकम ट्रान्सफर गर्न नसकिने भन्थे।

कानुन व्यवसायी भनिनेले जे-जे मागे, त्यही कागजात पूर्वइन्जिनियरले इमेल गर्दै गए।

कानुन व्यवसायी भनिनेले ९५ लाख डलर कानुनी रूपमा नामसारी गर्न टर्कीका विभिन्न निकायलाई कर बुझाउनुपर्ने भएकाले रकम माग गर्न थाले।

‘कानुन व्यवसायीले रकम माग गर्न थालेपछि उनले जसो भन्छन् त्यसै गर्न पूर्वइन्जिनियर तयार भएको देखिन्छ,’ अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौर भन्छन्, ‘रकम बैंकिङ च्यानलबाट पठाउन भनिएको खुलेको छ र पूर्वइन्जिनियरले त्यसै गरेको देखिन्छ।’

अब पूर्वइन्जिनियर रकम पठाउन थाल्छन्।

सुरूमा उनले ९ लाख रुपैयाँ पठाएको देखिन्छ। ‘त्यसपछि क्रमश: १० लाख, १२ लाख गर्दै १३ लाख ६७ हजार रुपैयाँका दरले रकम पठाएको देखिन्छ,’ राठौर भन्छन्, ‘हालसम्म पूर्वइन्जिनियरले ९५ लाख रुपैयाँसम्म पठाएको पाइएको छ।’

तर, पूर्वइन्जिनियरलाई आफू ठगिएको अहिलेसम्म पत्तै छैन। उनी आफू ठगिएको हो भन्ने पक्षमा देखिँदैनन्। ‘हामीले जाहेरी दिन भन्यौं, उहाँलाई एक पटक कार्यालयमा बोलाएर सबै कुरा भन्यौं, भोलि आउँछु भनेर फर्किएको मान्छे फेरि कार्यालयमा आउनुभएको छैन,’ राठौर भन्छन्, ‘उहाँलाई आफू ठगिएको छु भन्ने नै लागिरहेको छैन। उहाँ त त्यो ९५ लाख डलर आउन आशमा विश्वस्त पो देखिन्नुहुन्छ।’

कार्यालयले असोज महिनामा बोलाएर पूर्वइन्जिनियरलाई यथार्थ सबै कुरा भनिदियो। ‘अहिले फलोअप गर्दा उहाँ म ठगिएकै छैन भन्नुहुन्छ, हामीलाई पो बरू झुक्किनुभो कि भन्नुहुन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘उहाँ आउन मानिरहनुभएको छैन, दसैंपछि आउनू भनेर हामीले अनुरोध गरिरहेका छौं।’

कसरी थाहा भयो पूर्वइन्जिनयर ठगिएको कुरा?

ती अनुसन्धान अधिकृतका अनुसार विगत केही समयदेखि कार्यालयले अनलाइनमार्फत् ठगी गर्ने एउटा ‘गिरोह’बारे अनुसन्धान गरिरहेको छ।

त्यो अनुसन्धानका क्रममा तीन जना व्यक्ति पक्राउ परेका छन्। मोरङका कमल चौधरी, पोखराका लक्ष्मण नेपाली र सप्तरीका महावीरप्रसाद साहलाई अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।

त्यो अनुसन्धान तनहुँका एक व्यक्तिले निवेदन दिएको आधारमा अघि बढेको थियो।

यो ठगीमा महावीर मुख्य व्यक्ति मानिएका छन्। उनले आफ्नो मुख्य व्यक्ति अर्कै रहेको र उनी दुबईमा रहेको बताइरहेका छन्।

यो समूहले विदेशबाट सामाज आएको, पारसाल आएको तथा क्यानाडा पठाइदिने भन्दै नेपालीहरूबाट ठूलो रकम संकलन गरेको पाइएको छ।

अनुसन्धान गर्दै जाँदा पूर्वइन्जिनियरको रकम रोहनकुमार सरदारको खातामा गएको देखियो।

‘हामीले बैंकसँग खाताको स्टेटमेन्ट माग्दा पूर्वइन्जिनियरको रकम सरदारको खातामा गएको देखियो,’ ती अनुसन्धान अधिकृतले भने।

त्यो रकम अनलाइनमार्फत् ठगी गर्ने समूहसँग जोडिएका व्यक्तिको खातामा गएको देखिएपछि पूर्वइन्जिनियरसँग प्रहरीले सोधीखोजी थालेको थियो।

सरदारबारे अनुसन्धान सकिएको छैन। उनलाई प्रहरीले खोजी गरिरहेको छ। अनुसन्धानको दायरामा पूर्वइन्जिनियर पनि छन्।

अहिलेसम्मको अनुसन्धानले भने पूर्वइन्जिनियर ठगी गर्ने गिरोहको फन्दामा परेको देखिएको ती अनुसन्धान अधिकृतले बताए। ‘जानेर हो वा अज्ञानवश: पूर्वइन्जिनियरको मोटो रकम ठगी गर्ने गिरोहमा गएको देखिन्छ,’ उनले भने, ‘तर, उनले विस्तृत रूपमा सबै विवरण भनेकै छैनन्।’

राठौरका अनुसार त्यसैले इन्जिनियरसँग बारम्बार फोन गरेर सबै विवरण मागिएको छ। ‘उहाँले सम्पूर्ण विवरण दिनुभएको छैन, हामी उहाँलाई जाहेरी दिएर अनुसन्धानका लागि आउन कन्भिन्स गरिरहेका छौं,’ उनले भने।

सरदारबारेको अनुसन्धान, इमेलको अनुसन्धान, ह्वाट्सएपको संवाद अनुसार स्तानबुल बैंकको नाम भजाएर ठगी गर्ने समूह पूर्वइन्जिनयरसम्म पुगेको देखिन्छ। त्यहाँबाट पठाइएका कागजात, बैंकको उच्च तहको भनिएका व्यक्ति, कानुन व्यवसायी भनिने व्यक्ति सबै ठगीको सञ्जालमा जोडिएका देखिन्छन्। कागजातहरू सबै हुबहु कीर्ते गरेको देखिएको छ।

‘अनुसन्धान जारी छ, सरदार अहिलेसम्म भेटिएका छैनन्, हाम्रो टोलीले खोजी गरिरहेको छ,’ राठौरले भने, ‘यो समूहले धेरै मानिसलाई ठगी गरेको पाइएको छ।’

इमेल, म्यासेन्जर, ह्वाट्सएपलगायत प्रयोग गरी हिजोआज यस्तो रकम छ भन्दै देशी-विदेशी गिरोह सक्रिय छ। त्यसले सम्पत्तिको लोभ देखाएर पूर्वइन्जिनियरहरूजस्तै धेरै मानिस ठगीमा फसेको पाइएको छ।

‘कसैले यस्तो इमेल आउनेवित्तिकै लोभमा परेर रिप्लाई गर्ने, आफ्नो व्यक्तिगत-बैंकिङ विवरण दिने र रकमसम्म पठाएको पाइन्छ,’ राठौर भन्छन्, ‘यस्ता म्यासेजहरू आउँदा सतर्क बन्नुपर्ने अवस्था छ।’

प्रकाशित: २०८० कार्तिक ४ गते शनिवार ०१:५७
Sanket

खिलानाथ ढकाल

ढकाल सुशासन र अपराध क्षेत्रमा कलम चलाउँछन्।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना