२०८३ कार्तिक १४ गते शुक्रबार

ढोरपाटन सिकार आरक्षमा चुनौती बन्दै जग्गा अतिक्रमण

 |  रासस
Sanket

रासस

बागलुङ, कार्तिक ६
dhorpatan

गलकोट (बागलुङ)- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा २०७३ साल अघिसम्म चोरी सिकारी प्रमुख चुनौतीका रुपमा थियो। तत्कालिन अवस्थामा आरक्षमा योजनाबद्ध रुपमै चोरी सिकारी हुन्थ्यो।

२०७३ मा आरक्षको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएपछि चोरी सिकारी नियन्त्रणमा आयो। तर आरक्षले वर्षौदेखि अतिक्रमित जग्गा भने फिर्ता ल्याउन सकेको छैन। नेपाली सेना नहुँदा आरक्ष अघिबाटै हुने चोरी सिकारी नियन्त्रणमा आए पनि वर्षौदेखि भइरहेको जग्गा अतिक्रमण भने नरोकिएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङको भनाइ छ। जग्गा अतिक्रमण रोकिए पनि अतिक्रमित जग्गामा फिर्ता ल्याउन भने सकिएको छैन। बरु अतिक्रमित जग्गामा घर तथा टहरा बनाउने क्रम अहिले पनि जारी छ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आरक्षको एक सय ८५ हेक्टर जमिन अतिक्रमण भएको छ। उक्त जग्गामा हाल तीन सय ११ घरधुरी बसोबास गरिरहेको कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलको भनाइ छ। ‘आरक्षको क्षेत्रभित्र पर्ने जग्गामा खेतिपाती गर्ने, बसोबास गर्ने र तारबारको काम भइरहेको छ, थप जग्गा अतिक्रमण भएको भने होइन, यो जग्गा आरक्ष स्थापना गर्नुभन्दा पहिलादेखिनै स्थानीयहरु बसोबास गर्दै आएका थिए,’ कँडेलले भने, ‘अहिलेको चुनौती भनेको अतिक्रमण जग्गाभित्र वन तथा खर्क क्षेत्र, बसोबास र खेतिपातिको लागि प्रयोग भइरहेको जग्गा खाली गरेर आरक्षकोभित्र ल्याउनु हो, यस कार्यक्रममा सरकार र सबै सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ।’

त्यहाँ बसोबास गरिरहेका परिवारलाई स्थानान्तरण गराउन सरकारलेनै पहल गर्न अवाश्यक भएको भन्दै उहाँले कानूनको अभावका कारण जग्गा खाली बनाउन नसकेको बताए। कार्यालयले बेलाबेलामा स्थानीयलाई भेला गराई अतिक्रमण नगर्नका लागि आग्रहसमेत गर्दै आएको छ। बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्ला गरी कुल एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सिकार आरक्षमा अतिक्रमण जग्गा भोगचलनको दर भने बढ्दै गएको हो। सरकारले २०३९ सालमा ढोरपाटन सिकार आरक्षको स्थापना गरेको थियो। त्यसअघिनै उक्त क्षेत्रमा बसोबास गर्दै आएकाहरुको व्यवस्थापन नगरी जग्गा ओगट्न नहुने स्थानीयको माग छ। बागलुङको अधिकारीचौर, बोबाङ, निसी र बोङ्गादोभान, रुकुमको रन्मा, मैकोट, हुकाम, तकसेरा, कोल र काक्री तथा म्याग्दीको लुलाङखोरिया र गुर्जाखानी लगायतका ३४ स्थानमा अतिक्रमण भएको सरकारी तथ्याङ्कमा उल्लेख छ। केही घर आरक्ष स्थापना हुनुभन्दा अगावै रहेका कारण सरकारले लालपुर्जा दिलाउनुपर्ने या बस्ती स्थानान्तरण गर्नुपर्ने माग हुँदै आएको छ।

तत्कालीन समयमा आरक्ष कार्यालय विस्थापित भई जिल्ला सदरमुकाम बागलुङ बजारमा सरेपछि स्थानीयले आरक्षको जग्गामा तारबार गरी खेती लगाउन सुरु गरेका थिए। बागलुङ, पूर्वी रुकुम तथा म्याग्दी गरी तीन जिल्ला समेटिएको आरक्षभित्रका सात ब्लकमध्ये आरक्ष कार्यालय ढोरपाटन, देउराली तथा निसेलढोरमा र गुर्जाघाटमा मात्रै सुरक्षा तैनाथ गरिएको छ। क्रमश सबै ब्लकमा सुरक्षा पोष्ट पुर्‍याउने गरी गुल्मलाई गणको रुपमा लैजाने आरक्षको योजना छ।

सिकार आरक्ष कार्यालय रहेको ढोरपाटन क्षेत्रमा आरक्ष स्थापना हुनुअगावैदेखि स्थानीय बसोवास गर्दै आएकाले सरकारले नै उनीहरुलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खीमबहादुर घर्तीमगरले बताए। ‘केही स्थानीयले आरक्षपछि जग्गा भोगचलन गर्दै आएका होलान, तर केही स्थानीयहरुले आरक्ष स्थापना हुनु अगावैदेखि भोगचलन भइरहेकाले भूमि आयोगमार्फत यसलाई टुङ्गाउन आवश्यक छ,’ अध्यक्ष घर्तीमगरले भने, ‘स्थानीयले भोगचलन गर्दै आएको जग्गा आरक्षले फिर्ता गर्न त्यहाँका स्थानीयलाई अर्को व्यवस्था मिलाउन आवश्यक छ।’ लालपूर्जा नभएपनि उनीहरुले वर्षोदेखि भोगचलन गर्दै आएको जग्गाबाट हटाउनका लागि आयोगमार्फत अन्यत्र जग्गा उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ।

प्रकाशित: २०८० कार्तिक ६ गते सोमबार ०१:५६
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना