धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।
मंगलबार धरान दिउँसो भेटवार्ता भएको बालेनको सचिवालयले जानकारी दिएको हो। बालेन र हर्कबीच समसामयिक विषयमा कुराकानी भएको सचिवालयले जानकारी दिएको छ।
भेटमा मेयर हर्कले धरानमा पानी ल्याउने कामको विवरण सुनाएका थिए। भेटमा एकले अर्कालाई ‘सिलाम साक्मा’ लगाइदिएका थिए। सिलाम साक्मालाई जीवन सुरक्षा कवचको रूपमा लिइने गरिन्छ।
