काठमाडौं (एजेन्सी)- मणिपुर सरकारले उक्त राज्यमा मोबाइल इन्टरनेट सेवामाथिको प्रतिबन्ध अक्टोबर ३१ सम्म लम्ब्याएको छ।
मुख्यमन्त्री एन वीरेन सिंहले मोबाइल इन्टरनेटमा प्रतिबन्ध लम्ब्याइएको बताएका हुन्। उनले प्रतिबन्ध फिर्ता लिने बताइरहेका थिए।
एक सरकारी सूचना अनुसार केही असामाजिक तत्वहरूले सामाजिक सञ्जाललाई व्यापक रूपमा दुरुपयोग गरी जनभावना भड्काउने भिडियोहरू फैलाउन सक्ने आशंकाका कारण प्रतिबन्ध लम्ब्याइएको हो।
मणिपुरमा मे ४ देखि लगातार हिंसा भइरहेको छ। राज्यमा बसोबास गर्ने कुकी र मेइती समुदायबीच पाँच महिनादेखि चलेको हिंसाका बीच इन्टरनेट सेवा ठप्प छ।
बीचमा केही दिन इन्टरनेट सेवा सुचारू भएको थियो तर प्रतिबन्ध फुकुवा भएपछि फेरि हिंसा चर्कियो।
यसैलाई ध्यानमा राख्दै प्रदेश सरकारले फेरि इन्टरनेट सेवा बन्द गरेको छ।


