काठमाडौँ- नेपाली कांग्रेसले आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम सुरु भएको छ।
पार्टी कार्यालय सानेपामा चियापान कार्यक्रम सुरु भएको हो।
विजयादशमी, तिहार, नेपाल सम्वत, छठ लगायत पर्वहरूको अवसरमा कांग्रेसले चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम राखेको हो। कार्यक्रममा आमन्त्रितहरु पुग्ने क्रम जारी छ।
समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, पत्रकार, कलाकार, उद्योगपतिलगायतलाई निमन्त्रणा गरिएको छ।
२०३३ सालमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्ने परम्परा रहँदै आएको छ।




े
े









े













