काठमाडौँ- श्रीमानको हत्याको आरोपमा थुनामा रहेका योगराज ढकाल (रिगल)लाई सरकारले आममाफी दिएको विरुद्धमा आन्दोलनरत नेपालगञ्जकी भारती मानन्धरले पुनः रिले अनशन सुरु गरेकी छन्।
हत्याको आरोपमा थुनामा रहेका रिगललाई सरकारले आमआफी दिएसँगै उनीले माइतीघरमा आन्दोलन गर्दै आइरहेकी थिइन्।
श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएको थियो।
यसपछि भारतीले विरोध गर्दै आएकी छन्।
२०७२ सालको असारमा नेपालगञ्जका चेतनको हत्या भएको थियो।


