२०८३ कार्तिक १५ गते शनिवार

संयुक्त राष्ट्र संघका महासचिवको भ्रमणमा देशभरको सुरक्षा व्यवस्था कडा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १२
gutres

काठमाडौं- संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान काठमाडौं उत्रिएलगत्तै काठमाडौं उपत्यका र उनले भ्रमण गर्ने जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गुटरेस जलवायु परिवर्तनको असरबारे बुझ्न र सोलुखुम्बूको नाम्चेस्थित स्याङबोचे र प्रत्यक्ष सम्वाद गर्न अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ । त्यसक्षेत्रको सुरक्षा व्यवस्थाका लागि नेपाली सेना र प्रहरीको टोली त्यसतर्फ पुगिसकेको जनाइएको छ।

सोमबार हेलिकोप्टरमार्फत स्याङबोचे र त्यहाँबाट पोखरा बास बस्ने उनी मंगलबार बिहान हेलिकोप्टरबाट बेसक्याम्प पुग्ने भएपछि पूर्व ‘रेकी’गर्न सुरक्षा निकाय नाम्चे र अन्नपूर्ण बेसक्याम्प पुगिसकेको छ ।

नाम्चेमा सेना–प्रहरी टोली र बेसक्याम्पमा सेना–प्रहरीको टोली केही दिनअघि देखि नै पुगिसकेको छ । सोमबार महासचिव गुटेरस सोलुखुम्बुको स्याङ्बोचे पुग्नेछन् । जलवायु परिवर्तनको असरलाई बुझ्न उनी सोलुखुम्बुसम्म अवलोकनका लागि जान लागेका हुन् । सोलुखुम्बुबाट काठमाडौं फर्केपछि गुटेरेस ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुने भएका छन् ।

सोमबार साँझ उनी पोखरा गएर बास बस्ने कार्यक्रम छ । कात्तिक १४ गते बिहान उनी पोखराबाट अन्नपूर्ण सर्किट अवलोकनमा जानेछन् । अन्नपूर्ण सर्किटबाट फर्केपछि पोखरास्थित पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ। मंगलबार उनी गौतम बुद्धको जन्मस्थल लुम्बिनी जानेछन् ।

लुम्बिनीबाट फर्केपछि मंगलबार नै अपरान्ह ४ बजे संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बुधबार महासचिव गुटेरेस संयुक्त राष्ट्रसंघ मुख्यालय फर्किने कार्यक्रम छ ।

प्रकाशित: २०८० कार्तिक १२ गते आईतबार ०१:१५
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना