काठमाडौँ- संक्रमणकालीन न्याय निरुपणको माग गर्दै बानेश्वरस्थित संसद भवनअघि प्रदर्शनमा उत्रिएका केही मानव अधिकारवादी नेताहरू पक्राउ परेका छन्।
मानव अधिकार तथा शान्ति समाजले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्वअध्यक्ष उत्तम पुडासैनी, वर्तमान केन्द्रीय अध्यक्ष रामकृष्ण बरालसहित डेढ दर्जन रहेका छन्।












