काठमाडौँ- उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुगेका छन्।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्ने कार्यसूची रहेको छ।
सुरुमा परराष्ट्रमन्त्री साउदसँग भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुग्नुभएका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरिन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटवार्ता आइतबारकै लागि तय भए पनि पूर्वनिर्धारित कार्यक्रम भने मङ्गलबारका लागि सरेको छ।
त्यस्तै, गुटेरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ।
आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्ने कार्यक्रम छ। नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस आजै नेपाल आइपुगेका हुन्।
उनले कात्तिक १४ गते दिउँसो ४ बजे नेपालको संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम निर्धारित भएको छ।
यसका लागि औपचारिक पोशाकमा दिउँसो ३:४५ बजे नै सबै सांसदलाई उपस्थित हुन सभामुख देवराज घिमिरेले आग्रह गरेका छन्।


