काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।
रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग गुटरेसले भेट गरेका हुन् । यसअघि आइतबार नै महासचिव गुटरेसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन् । आइतबार राति नेपाल आएका गुटरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ ।
उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गर्नेछन् ।
