काठमाडौँ- नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन्।
आइतबार अपराह्न महासचिव गुटरेसले सभामुख घिमिरेसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
यसअघि महासचिव गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्र मन्त्री एनपी साउदसँग सिंहदरवारमा भेटवार्ता गरेका थिए।




