पाटन- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले ललितपुरको पाटन दरबार स्क्वायर भ्रमण गरेका छन्।
आइतबार उच्चस्तरीय भेटवार्तापछि सकेर गुटरेस पाटन दरबार क्षेत्रमा पुगेका हुन्।
पाटनमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतले महासचिव गुटरेसलाई स्वागत गरेका थिए।
यसपछि गुटरेसलाई चिरीबाबुले पाटन दरबार स्क्वायरका सम्पदाको ब्रिफिङ गर्दै भ्रमण गराएका थिए।










