तनहुँ- अरिंगालले टोकेर तनहुँमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भानु नगरपालिका-४ फलाखेतका ३२ वर्षीय राजकुमार तामाङ रहेका छन्।
भानु नगरपालिका-७ रम्गाटारस्थित जंगलमा पोल्ने क्रममा अरिंगालले टोकेर सख्त घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार आइतबार राति ११:५५ मा अरिंगालले टोकेर तामाङ गम्भीर घाइते भएका थिए।
उनलाई लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज पठाइएको थियो। तामाङको सोमबार बिहान सवा ४ बजे मृत्यु भएको खाणले बताए।
अरिंगालले टोकेर २४ वर्षीय धनबहादुर तामाङ घाइते छन्। उनको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ।


