काठमाडौँ- हिमालयन बैंकको सेयर अनुपातसम्बन्धी विवाद फेरि अदालतमा पुगेको छ।
बैंकको सर्वसाधारण शेयरधनीको अनुपात नपुगेको भन्दै एक सञ्चालक मुद्दा लिएर अदालतसम्म पुगेका हुन्।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९(१) र ९(४) बमोजिम सर्वसाधारण सेयरधनीको कुल जारी पुँजीको कम्तीमा तीस प्रतिशत हुन पर्ने व्यवस्था छ।
उक्त ३० प्रतिशत पुर्याएर मात्र साधारण सभा गर्न भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको हो।
हिमालयन बैंकको कुल शेयर पुँजीमा सर्वसाधारण सेयरधनीको अनुपात हाल २७ प्रतिशत मात्रै छ ।
यसअघि पनि हिमालयन बैंकको सेयरविवाद अदालतमा पुगेको थियो।


