काठमाडौँ- फ्लोरी कल्चर एसोसिएसन नेपालले पुष्पप्रदर्शनी सुरु गरेको छ।
१६औं गोदावारी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरको जावलाखेलमा सोमबारदेखि सुरु भएको हो।
प्रतियोगिता कार्तिक १८ गतेसम्म सञ्चालन हुनेछ।
प्रदर्शनीमा फूल, बोटबिरुवा, बिउबिजन, मलखाद तथा कृषि औजारका कुल ७२ वटा स्टल छन्। प्रतियोगिताको लागि पाँच वटा स्टल राखिएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: ३० हजार, २० हजार र १० हजार नगद पाउनेछन्।
फूलको उत्कृष्ट स्टललाई नगद २० हजार र कट फ्लावरको उत्कृष्ट स्टललाई १० हजार प्रदान गरिनेछ।
प्रदर्शनीको आज एक समारोहबीच कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले उद्घाटन गरेका हुन्।






















