२०८३ कार्तिक ११ गते मङ्गलबार

सदनमा राष्ट्रसंघ महासचिवको सम्बोधन [लाइभ]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १४

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मंगलबार नेपालको संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेका छन्। यसरी नेपालको संसदमा सम्बोधन गर्ने गुटरेस राष्ट्रसंघको पहिलो महासचिव बनेका छन्।

यसअघि राष्ट्रसंघका ६ जना महासचिवहरूले नेपालको भ्रमण गरेका भएपनि संसदको रोस्ट्रममा उभिएर सम्बोधन गर्ने अवसर पाएका थिएनन्।

सन् २००८ मा नेपालमा आएका तत्कालीन महासचिव वान कि मुनले ल्होत्से हलमा सम्बोधन गरेका थिए। त्यसबेला नेपालको संसदमा विदेशीले सम्बोधन गर्न सक्ने व्यवस्था थिएन।

राष्ट्रिय पञ्चायत भएका बेलामा भने विदेशीले सम्बोधन गर्न सक्ने व्यवस्था थियो। तत्कालीन जर्मन चान्सलर हेल्मुट कोहलले २०४४ असार ४ गते राष्ट्रिय पञ्चायतलाई सम्बोधन गरेका थिए। राष्ट्रिय पञ्चायत संसदकै हैसियतको संस्था थियो।

भारतीय लोकसभा अध्यक्ष (तत्कालीन) डा. बलराम जाखरले २०४५ भदौ २१ मा राष्ट्रिय पञ्चायतमा सम्बोधन गरेका थिए।

सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री चुनिएपछि नरेन्द्र मोदीले नेपाल भ्रमण गरेका थिए। मोदीले राष्ट्र प्रमुखको रूपमा १९ साउन २०७१ मा सदनलाई सम्बोधन गरेका थिए।

गणतन्त्रको स्थापनापछि विदेशी विशिष्ट व्यक्तिले पनि सदनमा सम्बोधन गर्न पाउने व्यवस्था गरिएको थियो।

प्रकाशित: २०८० कार्तिक १४ गते मङ्गलबार ०४:०८
प्रतिक्रिया

थप समाचार

सेना परिचालन गरेर खानेपानी वितरण [फोटो/भिडियो]

काठमाडौँ- मधेश प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ। वर्षा नभएपछि केही स्थानमा खानेपानीको चरम अभाव सृजना भएको छ। अहिले वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडाहरुमा खाने पानीको चरम अभाव...

चीनबाट फर्केपछि प्रधानमन्त्री ओलीको पत्रकार सम्मेलन

काठमाडौँ- चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्। बिहीबार हिमालय एयरलाइन्सको जहाजबाट प्रधानमन्त्री ओली स्वेदश फिर्ता भएका हुन्। उनी चढेको जहाज दिउँसो २:४२ बजे...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, यी हुन् सहकार्यका ९ क्षेत्र [भिडियो]

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेट गरेका हुन्। यसअघि...

उपाधि जितेर फर्किएको महिला टोलीलाई विमानस्थलमा भव्य स्वागत [फोटो/भिडियो]

काठमाडौँ- काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ। माल्दिभ्सको मालेमा भएको काभा क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लबका महिला खेलाडी...

प्रधानन्यायाधीश सिफारिसबारे संवैधानिक परिषदमा निष्कर्षविहीन छलफल

काठमाडौँ- संवैधानिक परिषद्को बैठक कुनै निर्णय गर्न नसकी सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो। संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना