काठमाडौँ- मधेश प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ। वर्षा नभएपछि केही स्थानमा खानेपानीको चरम अभाव सृजना भएको छ।
अहिले वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडाहरुमा खाने पानीको चरम अभाव छ।
खानेपानीको अभाव सुल्झाउन नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ।
नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरको २८ वाहिनी अन्तर्गत श्री श्रीजंग गणले दैनिक ३ चरणमा (बिहान ७ बजे, दिनको २ बजे र साझ ६ बजे) ६ वटा दमकलको साहेता दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए।
नेपाली सेनाले दिनको ३ पटक पानी वितरण गर्छ। ‘अहिले खाना पकाउन, पानी पिउन यही पानी हो हामीले,’ स्थानीय मोटर मियाँले बताए, ‘गाउँको सबै चापाकल, इनार, कुवा सुकी सक्यो, वर्षात पनि भएको छैन यहाँ त धेरै समस्या छ।’
भिडियोमा पनि हेर्नुहोस्
तस्बिरहरू पनि हेर्नुहोस्
तस्बिर/भिडियो : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी


