ललितपुर- नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापानका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ताहरू उपस्थित हुने क्रम जारी छ।
चियापानमा नेकपा एकीकृत समाजवादीका प्रमुख नेताहरूलाई पनि निम्तो गरिएको छ।
तर, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल एमालेको चियापनमा उपस्थित नहुने भएका छन्। तर झलनाथ खनाल भने सहभागी हुने बताइएको छ।







