२०८३ कार्तिक १४ गते शुक्रबार

‘फिल्मी शैली’मा पाँच महिनादेखि उर्लाबारीका सुन व्यवसायी ‘गायब’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १७
IMG-33051683119530

मोरङ – गत वैशाख ४ गतेको दिन।

मोरङ उर्लाबारी-८ दुर्गापुरी बजारका सुन व्यवसायी तेजप्रकाश श्रेष्ठ अचानक ‘गायब’ भए।

कृष्ण सुनचाँदी पसलका सञ्चालक उनी ‘गायब’ भएको पाँच महिना बित्दा फेला परेका छैनन्। उनको अवस्थाबारे न परिवारलाई थाहा छ न प्रहरिलाई।

श्रेष्ठ जुन दिन गायब भए, उनीसँग करिब ६० प्रतिशत हुलिया मिल्ने धिकु भनिने धिक तामाङ भने गम्भीर घाइते अवस्थामा फेला परेका थिए।

धादिङ घर भई दमक बस्दै आएका ४४ वर्षीय तामाङ दमकको चिया बगानमा गम्भीर अवस्थामा फेला परेका थिए।

‘राति ११ बजेको हुँदो हो प्रहरीले चिया बगानमा उनलाई अचेत अवस्थामा फेला पार्‍यो, टाउकोमा गम्भीर चोट थियो,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले भने।

तामाङ बिएन्डसी अस्पताल विर्तामोडमा उपचारपछि घर फर्के। प्रहरीले आफन्त बोलाएर उनलाई जिम्मा लगायो।

उनी निको भए पनि घटनाबारे केही बताउन सकेनन्।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार यो घटनामा फिल्मी दृश्य देखिन्छ।

तामाङ यस्तो अवस्थामा भेटिएका थिए कि श्रेष्ठले लगाएको भित्री बस्त्रसम्म उनको शरीरमा थियो।

श्रेष्ठले चलाउने मोटरसाइकल पनि श्रेष्ठ घाइते भएको स्थानमै भेटिएको थियो। तामाङ मोटरसाइकल चलाउन जान्दैनन् भन्ने प्रहरीको हालसम्मको बुझाइ रहेको छ।

‘सबै लुगाकपडा तथा श्रेष्ठको पर्ससमेत तामाङको गोजीमा थियो,’ ती अधिकृतले भने।

रिजालका अनुसार यो घटनामा प्रहरीले अहिलेसम्म कुनै ‘क्लू’ फेला पार्न सकेको छैन।

‘अनुसन्धान भइरहेको छ, तर प्रहरीले कुनै पनि क्लू फेला पार्न नसक्दा घटनाको वास्तविकता के हो रहस्यमै छ,’ रिजालले भने, ‘श्रेष्ठको खोजी भइरहेको छ, तर फेला पार्न नसकिएकाले पत्ता लाग्न सकेको छैन।’

प्रहरीका अनुसार तामाङ र श्रेष्ठ वैशाख ४ गते बिहान भेट भएका थिए। दुबै जना इलामको फिक्कलसम्म पुगेर फर्किँदा राति घटना घटेको देखिन्छ।

उनीहरू फिक्कलसम्म पुगेको सिसिटिभी फुटेज प्रहरीले फेला पारेको छ।

‘फर्किँदाको सिसिटिभी फुटेज भने पहिचान गर्न सकिएको छैन, राति भएको कारण पनि हुनसक्छ,’ रिजालले भने।

उनीहरू कसरी परिचित भए भन्ने ठ्याक्कै यकिन नभएको प्रहरीले जनाएको छ।

तामाङ दमकको पासवान होटलमा काम गर्ने गरेका थिए। घटना हुनु एक दिनअघि मात्रै उक्त होटलले उनलाई कामबाट निकालेको थियो।

‘होटलमा गएको बेलामा चिना परिचय भएको हुनुपर्छ,’ अनुसन्धानमा संलग्न ती अधिकृतले भने।

त्यसअघि तामाङ दमककै निजी विद्यालयमा पढाउँदै आएका थिए। अत्यधिक मदिरा सेवन गर्ने गरेका कारण विद्यालयले उनलाई निकालेको थियो।

तामाङकी श्रीमती वैदेशिक रोजगारीमा रहेको बुझिएको छ।

तामाङ धादिङबाट कहिले र कसरी दमक आइपुगे भन्ने पनि केही नखुलेको प्रहरी बताउँछ।

प्रहरीले घटना अनुसन्धान गर्दा आर्थिक पाटोबाट पनि खोजी गरिरहेको छ। श्रेष्ठको सुन पसलले तीन वटा कम्पनीमा इन्सुरेन्स गरेको देखिएको छ।

त्यसको रकम एक करोडभन्दा बढी छ। श्रेष्ठले पहिले जुन बैंकबाट ऋण लिएका थिए त्यो पनि अर्को बैंकमा सारेको देखिएको छ।

प्रहरी श्रेष्ठको घरसम्म पुग्यो। सोधिखोजी गर्‍यो। तर, उनका परिवारले खासै केही बताउन नसकेको ती अधिकृतले बताए।

‘मानिस फेला नपरेकाले घटनाको अनुसन्धान जहाँको तहीँ छ,’ रिजालले भने।

प्रकाशित: २०८० कार्तिक १७ गते शुक्रबार ०६:४१
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना