काठमाडौं– टी–२० विश्वकप छनोट खेलमा यूएईको पाँचौ विकेट पतन भएको छ। १५.५ ओभरमा क्याप्टेन रोहीत पौडेलले अली नसिरलाई आउट गरेका हुन्।
यसअघि नेपालका लागि १३.४ ओभरमा कुशल मल्लले अलिसान सराफूलाई आउट गराएका थिए। यसअघि नेपालले १० ओभरमा तेस्रो विकेट लिएको थियो।
सन्दीप लामिछानेले आरिफ खानलाई आउट गराएका थिए। यस्तै सोमपाल कामीले एकै ओभरमा यूएईको दुई विकेट गिराएका थिए।
सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साह आउट भएका थिए।
मुलपानी मैदानमा जारी रहेको खेलमा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ।
१६.२ ओभरको खेल सकिँदा यूएईले ५ विकेट १०६ रन बनाएको छ। यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।


