काठमाडौं– टी–२० विश्वकप छनोट खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। मुलपानी मैदानमा भइरहेको खेलमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो विकेट गुमाएको हो।
९.३ ओभरमा बासिल हमिदको बलमा गुल्सन झा आउट भएका हुन्। उनले २२ रन बनाए। यसअघि २.६ ओभरमा निलांश केसवानीको बलमा कुशल भुर्तेल आउट भएका थिए। भुर्तेलले ११ रन जोडेका थिए।
ओपनर आसिफ शेख ३८ रन बनाएर खेलिरहेका छन् भने उनलाई साथ दिन क्याप्टेन रोहित पौडेल क्रिजमा आएका छन्। १०. २ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर ७६ रन बनाएको छ।


