२०८३ कार्तिक १५ गते शनिवार

दशकपछि विश्वकपमा पुग्यो नेपाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १७
nepal

काठमाडौं– नेपाल एक दशकपछि टि–२० विश्वकपमा छनौट भएको छ। शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको विश्वकप छनौट खेलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनौट भएको हो। टस हारेर पहिले बलिङ गरेको नेपाललाई यूएईले १३५ रनको लक्ष्य दिएको थियो।

यूएईले दिएको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो। नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाउँदा कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे। यूएईका लागि बासिल हमिद र निलांश केसवानीले १/१ विकेट लिए।

नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए। त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिएका थिए।

योसँगै अब नेपालले सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्नेछ। यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो। काठमाडौंमै भएको अर्को खेलमा बराइनलाई हराएर ओमान पनि विश्वकपमा छनोट भएको छ।

नेपाल र ओमान छनोट भएसँगै विश्वकप खेल्न १८ टोली छनोट भइसकेका छन्। यो विश्वकपमा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन्। यो विश्वकपका लागि

वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा सीधै छनोट भएका छन्। २०२२ को टी–२० विश्वकपमा शीर्ष आठमा स्थान बनाएका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका पनि सिधै छनोट भएका छन्।

टी–२० विश्वकपपछि वरियताका आधारमा बंगलादेश र अफगानिस्तानले विश्वकपमा स्थान बनाउँदा आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले रिजनल क्वालिफायर्सबाट विश्वकपको टिकट काटेका छन्। अब नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिम छनौट हुनेछन्।

प्रकाशित: २०८० कार्तिक १७ गते शुक्रबार ०२:०८
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना