२०८३ साउन १३ गते बुधबार

दशकपछि विश्वकपमा पुग्यो नेपाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १७
nepal

काठमाडौं– नेपाल एक दशकपछि टि–२० विश्वकपमा छनौट भएको छ। शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको विश्वकप छनौट खेलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनौट भएको हो। टस हारेर पहिले बलिङ गरेको नेपाललाई यूएईले १३५ रनको लक्ष्य दिएको थियो।

यूएईले दिएको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो। नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाउँदा कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे। यूएईका लागि बासिल हमिद र निलांश केसवानीले १/१ विकेट लिए।

नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए। त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिएका थिए।

योसँगै अब नेपालले सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्नेछ। यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो। काठमाडौंमै भएको अर्को खेलमा बराइनलाई हराएर ओमान पनि विश्वकपमा छनोट भएको छ।

नेपाल र ओमान छनोट भएसँगै विश्वकप खेल्न १८ टोली छनोट भइसकेका छन्। यो विश्वकपमा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन्। यो विश्वकपका लागि

वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा सीधै छनोट भएका छन्। २०२२ को टी–२० विश्वकपमा शीर्ष आठमा स्थान बनाएका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका पनि सिधै छनोट भएका छन्।

टी–२० विश्वकपपछि वरियताका आधारमा बंगलादेश र अफगानिस्तानले विश्वकपमा स्थान बनाउँदा आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले रिजनल क्वालिफायर्सबाट विश्वकपको टिकट काटेका छन्। अब नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिम छनौट हुनेछन्।

प्रकाशित: २०८० कार्तिक १७ गते शुक्रबार ०२:०८
प्रतिक्रिया

थप समाचार

कागजी निर्यातले धानेको अर्थतन्त्र: बाहिरको भटमास, नेपालमा प्रशोधन, १ खर्ब २८ अर्बको पुनःनिर्यात

तेस्रो मुलुकबाट कच्चा भटमासको तेल आयात गरी नेपालमा प्रशोधनपछि पुनःनिर्यात हुने यही तेलले नेपालको कुल निर्यातमा करिब ४० प्रतिशत हिस्सा ओगटेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना