काठमाडौँ- पूर्वरानी कोमल शाह फ्लोरी कल्चर एसोसियसन नेपालले आयोजना गरेको फूलको प्रतियोगितात्मक प्रदर्शनीमा पुगेकी छन्।
शुक्रबार दिउँसो शाह प्रदर्शनीमा पुगेकी हुन्। पुष्पव्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी जारी छ।
१६औं गोदावारी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरको जावलाखेलमा सोमबारदेखि सुरु भएको हो। प्रदर्शनी कार्तिक १८ गतेसम्म सञ्चालन हुनेछ।
प्रदर्शनीमा फूल, बोटबिरुवा, बिउबिजन, मलखाद तथा कृषि औजारका कुल ७२ वटा स्टल छन्।
प्रदर्शनीमा प्रतियोगिता पनि हुनेछ। यसका लागि पाँच वटा स्टल राखिएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: ३० हजार, २० हजार र १० हजार नगद पाउनेछन्।
फूलको उत्कृष्ट स्टललाई नगद २० हजार र कट फ्लावरको उत्कृष्ट स्टललाई १० हजार प्रदान गरिनेछ।
प्रदर्शनीको आज एक समारोहबीच कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले उद्घाटन गरेका हुन्।












