चिउरी (जाजरकोट)- जाजरकोटको नलगाड नगरपालिका-१ स्थित चिउरी गाउँ शोकमा छ। शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परी चिउरीका १३ जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा एकै परिवारका ४ जनासम्म छन्। शुक्रबार गएको भूकम्पमा परी मृत्यु भएका १३ जनाकै दाहसंस्कार एकैपटक भेरी नदीमा गरिएको छ। गाउँलेले सबै शवलाई भेरी नदी किनारमा ल्याएर दाहसंस्कार गरेका हुन्।
चिउरीमा लगभग १०० घरधुरी छन्। यीमध्ये अधिकांश घरमा बस्न नमिल्ने गरी भत्किएका छन्।
जाजरकोट सदरमुकाम खलंगाबाट दक्षिणको यो गाउँ पुग्न १ घन्टा कच्ची बाटो पार गर्नपर्छ।
शुक्रबार रातिको भूकम्पले अहिले सम्म जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जना गरी १५७ जनाको मृत्यु भएको छ।
चिउरीका १३ को दाहसंस्कारका तस्बिरहरू












तस्बिर : नेपाल फोटो लाइब्रेरी


