२०८३ कार्तिक १२ गते बुधबार

जो पुरिएर पनि बाँचे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २०
night_quake

आठबिसकोट (रुकुमपश्चिम)- चकमन्न अध्याँरोमा आठबिसकोट–१४ को छेपारे गाउँ शान्त थियो। अधिकांश गाउँले गहिरो निद्रामा थिए। सधै छिट्टै सुत्ने मीना विक भने त्यस राति श्रीमानसँग मोबाइलमा फिल्म हेर्दै थिइन्। कान्छो छोरा साथमै सुतेका थिए भने ठूलो छोरा पल्लो कोठामा निदाइसकेका थिए।

‘त्यत्तिकैमा अकस्मात घर हल्लियो। के भयो भन्ने थाहा नपाउँदै ठूलो आवाज आयो। छिनभरमै घर भत्कियो’, मीनाले सुनाइन्, ‘क्षणभरमै चारै जना घरभित्रै पुरियौँ।’ मीनाको टाउको दलिन मुनी परेकाले टाउकोमा चोट लाग्न पाएन। तर कान्छो छोरो र श्रीमान भने बेहोस अवस्थामा भेटिन्।

‘टाउकोमा चोट नलागेकाले मैले गुहार माग्न सकेँ, जेठाजु आएर मलाई बचाउनुभयो। त्यसपछि दुई छोरा र श्रीमानलाई पुरिएको ठाउँबाट उद्धार गर्नुभयो’, भूकम्पको अनुभव सुनाउँदै मीनाले भनिन्, ‘जेठो छोरालाई खासै केही नभए पनि कान्छो छोरा र श्रीमान भने उद्धार गर्दा अचेत अवस्थामा हुनुहुन्थ्यो।’

उद्धार गरिएको दुई घण्टापछि मात्रै छोरो र श्रीमानको होस खुल्न दुई घण्टा लाग्यो। त्यसपछि उनीहरु दुवैलाई अस्पताल पठाएको र उपचारपछि स्वास्थ्य अवस्था सामान्य बनेको उनको भनाइ छ।

‘त्यो हाम्रो मात्रै समस्या थिएन, भूकम्पले गाउँका सबै घरमा क्षति पुर्‍याएको थियो’, उनले भनिन्, ‘त्यसलगत्तै प्रहरीलाई बोलाएर उद्धार सुरु गर्‍यौँ।’

भूकम्पमा जोगिए पनि यतिबेला आफू घरविहीन भएको भन्दै बस्नका लागि समस्या भएको उनले गुनासो गरिन्। गाउँले सबै खुला चौरमा बस्न बाध्य भएको भन्दै उनले आफूहरुका लागि राहत सामग्री आएको जानकारी पाए भने अहिलेसम्म नपाएको गुनासो गरिन्।

आठबिसकोट–१४ का पहलबहादुर विकको पीडा पनि मीनाको जस्तै छ। ‘हामी त भाग्यले बाच्यौँ, गाउँका थुप्रै भाइबहिनीलाई जोगाउन भने सकेनौँ’, पहलबहादुरले पीडा सुनाइन्, ‘धेरैलाई ज्यूँदै उद्धार गर्न भने सक्यौँ।’

उनका अनुसार रातिको समय भएकाले धेरै सुतेकै अवस्थामा पुरिए। कतिका हातखुट्टा भाँचिएका छन् भने कतिका शरीरमा चोटपटक लागेको उनले बताइन्।

भूकम्पका कारण छेपारे टोलमा ३९ वटै घर क्षतिग्रस्त भएकाले बस्न नसक्ने अवस्थामा रहेको उनको भनाइ छ।

‘अहिले हामी सबै बाहिरै बस्न बाध्य छौँ। चिसोमा बालबालिका र गर्भवतीहरु कठाङ्ग्रिएका छन्। न ओड्ने कपडा छ, न खानका लागि गाँस नै छ’, उनले भनिन्, ‘हिजो एउटा संस्थाका प्रतिनिधिले चाउचाउ दिनुभयो। त्यसबाहेक अहिलेसम्म कसैले सहयोग गरेको छैन।’

चिसो मौसम भएकाले रातको समयमा बालबालिका, गर्भवती, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति समस्या परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्।

भूकम्पका कारण सोही गाउँका मानबहादुर मल्लको परिवारमा बज्रपात प¥यो। भूकम्पले घर ढलाएपछि छ जनाको परिवारमध्ये पाँच जनाको जीवितै उद्धार भए पनि १२ वर्षीय छोरी गुमाउनु पर्‍यो।

‘भत्किएको घर त फेरि बनाउन सकिएला तर छोरी गुमाउनु पर्‍यो’, गहभर आँशु बगाउँदै मल्लले भने, ‘परिवारका सबैलाई चोटपटक लागेको छ। घाइते छोराको सुर्खेतमा उपचार भइरहेको छ।’

सोही गाउँकै हीरा विकको माइतीको घर पनि पूर्णरुपमा क्षतिग्रस्त बनेको छ। ‘दाईको घरमा आएकी थिएँ। त्यही बेला भूकम्पले घर भत्कायो। भदै बोल्न नसक्ने अवस्थामा च्यापिएका रहेछन्। कुटोले खोदलेर घाइते अवस्थामा उद्धार गर्न सकेँ। अहिले उपचार भइरहेको छ’, उनले भने। विकले उद्धार सकिएको भन्दै अब सरकारले राहत र पुनःस्थापनामा ध्यान दिन माग गरे।

छेपारे गाउँमा मात्रै भूकम्पमा परी ११ जनाको ज्यान गएको छ। सरकारले उद्धार सकिएकाले यतिबेला राहत वितरण सुरु गरिसकेको छ। सरकारले पहिले राहत वितरण र त्यसपछि पुनःस्थापनाको काम सुरु गर्ने बताएको छ।

प्रकाशित: २०८० कार्तिक २० गते सोमबार ०३:५४
प्रतिक्रिया

थप समाचार

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा। जिल्लामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना