काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ काठमाडौँ आइपुगेका छन्। पाँचदिने भ्रमणका लागि उनी काठमाडौँ आइपुगेका हुन्।
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर उनलाई स्वागत गरेकी छन्।
छुङछेङले प्रधानमन्त्री प्रचण्डलगायतसँग भेट गर्ने कार्यतालिका छ ।
प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमतिबारे छलफल हुने बताइएको छ। छुङछेङ पोखरा पनि जानेछन्।


