२०८३ कार्तिक ११ गते मङ्गलबार

ओलम्पिक छनोटमा भियतनामसँग नेपालको ठूलो हार

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २२
vietnam football woman
नेपालविरुद्ध ०-५ गोल गरेपछि खुसीयाली मनाउँदै भियतनामी महिला फुटबल टोली।

काठमाडौँ- ओलम्पिक छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग १-५ गोलको फराकिलो हार व्यहोरेको छ। दशरथ रंगशालामा सम्पन्न पहिलो चरणको पहिलो खेलमा नेपाली महिला टोलीले घरेलु समर्थकमाझ ठूलो हार खेपेको हो।

खेलको ११औँ मिनेटमा गुइ हुगेनको पासमा पाम हाइ येनले हेडमार्फत नेपाली टोलीविरुद्ध सुरुवाती गोल गरिन्। ३५औँ मिनेटमा नेपालकी समीक्षा घिमिरेले पेनाल्टी बक्सभित्र ह्यान्डबल गरेपछि पाहुना टिमले पेनाल्टी पाएको थियो।

पेनाल्टीमा भियतनामका पाम हाइ येनले गोल गरिन्। नेपाली डिफेन्डर अमृता जैशीले गम्भीर गल्ती गरेपछि नेपालले तेस्रो गोल बोक्यो। गुएन थी बिचथाले गरेको प्रहारतर्फ गोलकिपर एन्जिला गएपछि अमृताको खुट्टामा लागेर पोस्टभित्र छिरेको थियो। यससँगै ३७औं मिनेटमै नेपालले ३ गोल खाइसकेको थियो।

दोस्रो हाफको तेस्रो मिनेटमै नेपालले चौथो गोल व्यहोर्‍यो। यसपटक होङ लोनको पासमा ह्युन न्हुने हेडर गोल गरिन्। यससँगै नेपाल चार गोलले पछि पर्‍यो।

सरु लिम्बूको पासमा सावित्रा भण्डारीले एक गोल फर्काइन्। उनले ८०औं मिनेटमा गोलकिपर खोङ थी हाङलाई बिट गर्दै दोस्रो बारमा प्रहार गरेर गोल गरेकी थिइन्। सावित्राको यो ४१औँ अन्तर्राष्ट्रिय गोल हो।

नेपालले इन्ज्युरी समयमा पनि गोल खानुपर्‍यो। ङुयेन थीले टाढाबाटै नेपालविरुद्ध गोल गरेकी थिइन्। खेलको अन्तिम नतिजामा एक गोल मात्र गर्न सकेको नेपालले ५ गोल खेप्नु पर्‍यो।

प्रकाशित: २०७९ चैत २२ गते बुधबार ०८:४२
प्रतिक्रिया

थप समाचार

वर्षौंदेखि सम्भावना ढुकेको दिज गाउँ

बागलुङ- वरिपरि घना जंगल। छेउमै सुसाउने उत्तरगंगा नदी। नदी किनारमा छ दिज गाउँ। काठै काठले सजाइएका घर र गाउँले जनजीवन। यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई। जोडिएर बनेका काठका मौलिक घर...

ब्याजदर घटेर तल्लो तहमा आउँदा पनि कर्जा विस्तार सुस्त किन?

काठमाडौँ- गत आर्थिक वर्षमा कर्जाको ब्याजदर एकल अंकको तल्लो तहमा आइपुग्यो। कर्जा सस्तो हुँदा पनि ऋण लगानी विस्तार सुस्त देखियो। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र न्यून ब्याजदरबाट अर्थतन्त्रले...

इरानमा अड्किएका नेपाली भारतले ल्याइदिने

काठमाडौँ- इजरायल-इरान युद्धका कारण इरान पुगेका नेपाली नागरिकहरूको उद्धार गर्न भारतले सहमति जनाएको छ। नेपाल सरकारको अनुरोधमा भारतले इरानका नेपालीलाई फिर्ता ल्याइदिन सहमति जनाएको हो। परराष्ट्र...

बेइजिङमा नेपालका गन्तव्य प्रदर्शनी

काठमाडौं- चीनको राजधानी बेइजिङ्‌मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ। नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औं ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम-२०२५)’ मार्फत नेपालका पर्यटकीय...

टी–२० अन्तर्राष्ट्रिय सिरिज : कुवेतसँग फाइनल भिड्दै नेपाल

काठमाडौंँ- हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दै छ। आइतबार हङकङको मङ कोक क्रिकेट मैदानमा फाइनल खेल हुँदै छ। खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना