२०८३ कार्तिक ११ गते मङ्गलबार

ब्याजदर घटेर तल्लो तहमा आउँदा पनि कर्जा विस्तार सुस्त किन?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ९
nrb2

काठमाडौँ- गत आर्थिक वर्षमा कर्जाको ब्याजदर एकल अंकको तल्लो तहमा आइपुग्यो। कर्जा सस्तो हुँदा पनि ऋण लगानी विस्तार सुस्त देखियो।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र न्यून ब्याजदरबाट अर्थतन्त्रले लाभ लिन सक्ने अवस्था भए पनि गत आर्थिक वर्षमा त्यो हुन सकेन। गत असारमा कर्जाको भारित औसत ब्याजदर वाणिज्य बैंकमा ७.८५ प्रतिशत कायम भएको छ। यस्तै विकास बैंकको ८.९५ र वित्त कम्पनीको १०.२२ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

२०८१ असारमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.९३ प्रतिशत, विकास बैंकहरूको ११.३४ प्रतिशत र वित्त कम्पनीहरूको १२.५५ प्रतिशत थियो।

अघिल्लो वर्षको तुलनामा ब्याजदर घटे पनि कर्जा विस्तार ८.४ प्रतिशत मात्र छ। गत आर्थिक वर्षमा सरकारले १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको थियो। उक्त लक्ष्यअनुसार साढे ६ खर्ब रुपैयाँ कर्जा निजी क्षेत्रमा प्रवाह हुनुपर्ने थियो। आर्थिक वर्ष सकिँदा चार खर्ब २३ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।

२०८२ असारमा निक्षेपको भारित औसत ब्याजदर वाणिज्य बैंकमा ४.१९ प्रतिशत कायम भएको छ। यसैगरी विकास बैंकमा ४.८८ र वित्त कम्पनीहरुमा ६.०१ प्रतिशत कायम भएको छ। २०८१ असारमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.७७, विकास बैंकहरूको ६.६३ र वित्त कम्पनीहरूको ७.९३ प्रतिशत थियो।

वित्तीय मध्यस्थता लागत र कर्जाको ब्याजदर न्यून हुँदा पनि पुँजी निर्माणमा अपेक्षित सुधार आउन नसकेको हुँदा अर्थतन्त्रका सबल अग्र–पृष्ठ सम्बन्ध (फवार्ड र ब्याकवार्ड लिंकजे) भएका एवम् उत्पादन र पुँजी निर्माणमा प्रत्यक्ष योगदान गर्ने क्षेत्रतर्फ वित्तीय साधन परिचालनमा ध्यान दिनुपर्ने भएको छ।

पर्याप्त तरलता र न्यून ब्याजदरका बाबजुद कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसकेकोले विवेकशील नियमनलगायतका नियामकीय व्यवस्थाहरूसँगको तादात्म्य सहितको आर्थिक तथा मौद्रिक नीतिगत सुधारमा जोड दिनुपर्ने देखिएको अर्थशास्त्रीहरुको सुझाव रहेको छ।

२०८२ असारमा औसत आधार दर (बेसरेट) वाणिज्य बैंकहरुको ६.०२ प्रतिशत कायम भएको छ। यसैगरी विकास बैंकको ८.०३ र ८.९७ प्रतिशत कायम भएको छ। २०८१ असारमा वाणिज्य बैंकहरूको औसत आधार दर ८, विकास बैंकहरूको ९.७१ र वित्त कम्पनीहरूको ११.२१ प्रतिशत थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको आधारदर घटेको छ।

आधार दर निर्धारण सम्बन्धी कार्यविधि २०६९ ले कोष लागत, अनिवार्य मौज्दात लागत, वैधानिक तरलता लागत, सञ्चालन लागत  र सम्पत्तिमा प्रतिफल प्रतिशत जोडेर कूल आधारदर निर्धारण विधि अपनाएको छ। यसमा सम्पत्तिमा प्रतिफल वापत ०.७५ प्रतिशत विन्दु तोकिएको छ।

यस्तै २०८१ असारमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३ प्रतिशत रहेकोमा २०८२ असारमा घटेर २.९५ प्रतिशतमा सीमित भएको छ। बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०८१ असारमा २ं.९९ प्रतिशत रहेकोमा २०८२ असारमा २.९६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरुबीच कूल १७ खर्ब २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको अन्तर–बैंक कारोबार भएको छ।

वाणिज्य बैंकहरूबीच १५ खर्ब ७१ अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) बीच १ खर्ब ५१ अर्ब ७३ करोड रुपैयाँ कारोबार भएको थियो।

प्रकाशित: २०८२ भदौ ९ गते सोमबार ०८:१०
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना