काठमाडौं- ग्यालेक्सी एस २३ सिरिजको अपार सफलता पश्चात् सामसङ्ग नेपालले सर्वाधिक प्रतिक्षा गरिएको विशेष फ्यानएडिसन–नयाँ ग्यालेक्सी एस२३ एफइ बजारमा ल्याउने सम्पूर्ण तयारी पूरा गरेको छ ।
ग्यालेक्सी एस २३ सिरिजविश्वव्यापी रुपमा नै लोकप्रिय भइ उपभोक्ताहरुको सबै ध्यान आफूमा केन्द्रित गर्न सफल भएको छ । ग्यालेक्सीका प्रशंसकहरुले देखाएको अभिरुचि र प्रेरणाबाट उत्साहित हुँदै सामसङ्ग इलेक्ट्रोनिक्सले आफ्नो एस२३ सिरिजका फोनहरुको विशेषताहरुलाई कायम राख्दै अत्यन्त सुलभ मुल्यदरको नयाँ ग्यालेक्सी एस२३ एफइ विश्व बजारमा ल्याइसकेको छ ।
ग्यालेक्सी एस२३ एफ इ, एस२३ सिरिजकै एक्सटेनशनहोे, जसमा ग्यालेक्सीका प्रशंसकहरुले मन पराएका मुख्य विशेषताहरुलाई सुलभ मुल्यका साथ एउटा एपिक स्मार्टफोनमा समाविष्ट गरिएको छ । फ्लाग्शिप मोबाइलको अनुभव लिन वा आफ्नो मोबाइललाई अपग्रेड गर्न चाहने ग्राहकहरुका लागि यो नयाँ एफइ अत्यन्तै उपयुक्त हुनेछ ।
नयाँ एस२३ एफइ माभएको सर्वोत्कृष्ट कार्य क्षमताहरुले ग्यालेक्सी प्रयोगकर्ताहरुलाई उनीहरुको क्रिएटिभिटि र प्रडक्टिभिटि अझ बढाउन मद्दत गर्नेछ । ग्यालेक्सी एस२३ एफइ आउँदो डिसेम्बरमा नेपाली बजारमा प्रवेश गरेर तहल्का मच्चाउन तम्तयार रहेको छ । यो मोबाइलको प्री–अर्डर देशभरका सामसङ्ग स्टोरहरुबाट नोभेम्बरको अन्तिम साताबाट खुला हुने अपेक्षा गरिएको छ ।


