काठमाडौं- नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने भएको छ । यो साझेदारीसँगै, नबिल क्रेडिटकार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवाशुल्क बिना इएमआईमा रूपान्तरण गर्न सक्नेछन् ।
नबिल बैंकले यस सहकार्यमार्फत् क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट किनमेल गर्दा लाग्ने खर्च व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ । ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना नैै खरिदको रकमलाई सजिलो ६ महिने मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन् ।
ग्राहकहरूले नबिल बैंकको क्रेडिट कार्ड प्रयोग गरी दराजमा खरिद गरेर सहजै यस अभियानको फाइदा लिन सक्नेछन् । यस सुविधाका लागि आफ्नो क्रेडिट कार्ड बिलिङ अघि नै बैंकमा दर्ता भएको इमेलबाट आवेदन दिन आवश्यक छ। यसबाहेक, इएमआई रूपान्तरणको लागि तोकिएको अवधि खुलाई आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।


