काठमाडौं- अमेरिकामा नर्सिङ करियरका नेपाली लागि लुमेन्स ईन्टरनेशनलले सहजीकरण गर्ने भएको छ। नेपालमा अस्थायी कार्यालय स्थापना गर्दै उसले अमेरिकामा नर्सिङ करियर अघि बढाउन चाहाने नर्सका लागि परामर्श दिने भएको हो।
कमलादीको हात्तिसारमा अस्थायी कार्यालय राखिएको छ। त्यहाँ अमेरिकामा नर्सिङ क्षेत्रमा कार्यरत नर्सहरूले नेपाली नर्सलाई परिक्षा विधि त्यहाँको कार्यशैली लगायतका विषमा परामर्श दिने संस्थापक विनोद अधिकारीले बताए।
‘नेपालबाट परीक्षा दिएर अमेरिकामा काम गर्ने धेरै नर्सहरू हुनुहुन्छ। अमेरिकामा नर्सिङ क्षेत्रमा काम गर्न ईच्छुकहरूलाई आवश्यक सम्पूर्ण जानकारी र आवश्यक परामर्श दिनु हाम्रो उद्देश्य रहेको छ,’ उनले भने। सोही क्रममा शुक्रबार लुमेन्सले एक सम्मेलनमार्फत नेपाली नर्सहरूलाई परामर्श दिएको थियो। यस्तै सम्मेलन नेपालका प्रमुख सहरहरूमा गरिने अधिकारीले बताए।


