काठमाडौं- महाराजगञ्जस्थित नेपाल प्रहरी केनाइनको प्रधान कार्यालयमा कुकुरपूजा गरिएको छ।
पूजा कार्यक्रममा उत्कृष्ट ह्यन्डलर र उत्कृष्ट कुकुरलाई सम्मान पनि गरिएको केनाइन कार्यालयले जानकारी दिएको छ।
हाइजम्प र बाधापारमा ह्यान्डलर प्रहरी हवल्दार बुद्धिप्रसाद कँडेलको कुकुर रोज प्रथम भएको छ। यस्तै, रनिङमा ह्यान्डलर प्रहरी हवल्दार भीमप्रसाद गौतमको कुकुर टाइगर भयो।
अपराध छानबिनमा उत्कृष्ट ह्यान्डलर बुद्धिप्रसाद कँडेल भएका छन्। उत्कृष्ट कुकुर विरगञ्ज केनाईन कार्यालयको कुकुर रियो भएको छ।
हेर्नुस, फोटोहरु…












े


तस्बिरहरुः फोटा लाइब्रेरीबाट


