काठमाडौँ- सरकारले मंगलबारबाट सबै सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
‘विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्समेत उल्लेख गर्ने’ मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ।
नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले यसलाई सरकारी प्रयोजनमा ल्याउनुपर्ने माग हुँदै आएको थियो।
मंगलबारदेखि विक्रम संवत् लेखिने सबै कागजातमा पनि नेपाल संवत् राख्ने निर्णय गरेको हो।




