जनकपुरधाम- जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एक जनाको ज्यान गएको छ।
नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्ने गरी काटेको छ। अन्दाजी ५० वर्षका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेसनस्थित रेल्वे लिकमा उनलाई ट्रेनले किचेको धनुषा प्रहरीले जनाएको छ।
ट्रेन विहान ८ः३० बजे जनकपुरबाट भारतको जयनगरको लागि छुटेको थियो।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
