२०८३ साउन १३ गते बुधबार

गैँडा पुरिने खाल्डो खन्दा पनि सेनाको गस्तीले थाहै पाएन, कसरी होला संरक्षण!

 |  नारायण अधिकारी
Sanket

नारायण अधिकारी

चितवन, मङ्सिर १
rhino_dead

चितवन- दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा तस्करले धरापमा पारेर मारेका छन्। दुवै गैँडा खाल्टोमा परेर मरेका हुन्। विगत लामो समयदेखि तस्करले खाल्टो खनेर गैँडा धरापमा पारेका थिएनन्। करिव बीस वर्षअघि यसरी गैँडा मार्ने गरिएकामा पछिल्ला वर्षहरुमा गोली हानेर, करेन्ट लगाएर तस्करहरुले गैँडा मार्दै आएका थिए।

निकुञ्जभित्र खाल्टो खनी धरापमा पारेर गैँडा मार्न थालेपछि निकुञ्जको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ। खाल्टो खनेर धराप बनाउन समय लाग्ने भएकाले लामो समय तस्कर निकुञ्जभित्र बसेको यस घटनाले देखाएको छ। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै दुईवटा खाल्टामा गैँडालाई धरापमा पारेर मारिएको थियो।

६ र १८ वर्षका पोथी गैँडा मरेको अन्दाजी तीन र दस दिनमा फेला परेको निकुञ्जको अनुमान रहेको छ। उनका अनुसार नजिकै अर्को खाडल पनि भेटिएको छ। पाँच सय मिटर वरपर हेर्दा थप खाल्डा भने भेटिएनन्। तस्करले खाल्टाको माटो केही पर लगेर फालेको देखिएको छ। कोदालो, गैँचीजस्ता साधन प्रयोग गरेर खाल्टो खनिएको अनुमान गरिएको छ। खाग लगेर खुर छाडिएको छ।

गैँडाको बाटो पहिचान गरी खाल्टो खनेर नजिकैबाट चियो गरेको देखिन्छ। गैँडा मरेपछि खाग काटेर लगेका हुन्। यो लामो समयसम्म निकुञ्जभित्र रहेर तस्करले निर्धक्कसँग गैँडा मारेको पाइएको छ।

सोही क्षेत्रमा निकुञ्जले चाडपर्वको समयमा गस्ती बढाएको जनाएको थियो बिहीबार दुई मृत गैँडा भेटिँदा सोही क्षेत्रमा ५२औँ दिनसम्म नियमित हात्तीको गस्ती थियो। दसवटा हात्तीमा निकुञ्ज सुरक्षार्थ नेपाली सेना र निकुञ्जका कर्मचारीले पूर्वी क्षेत्रमा गस्ती गरिरहँदा पनि दसैँ र तिहारको बीचको समयमा तस्करहरुले खाल्टोमा पारेर गैँडा मारेका हुन्। यो विधि प्रयोग गर्न समय लाग्ने सूचना अधिकारी तिवारीले बताए।

उनको भनाइमा तस्करले गैँडाको बाटो पहिचान गरी खाल्टो खनेर नजिकैबाट चियो गरेको देखिन्छ। गैँडा मरेपछि खाग काटेर लगेका हुन्। यो लामो समयसम्म निकुञ्जभित्र रहेर तस्करले निर्धक्कसँग गैँडा मारेको पाइएको छ।

सो क्षेत्रमा रहेका गैँडामध्ये १२ वटा बाढीले बगाएकाले भारतीय भूमिमा पुगेर उद्धार गरी ल्याइएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले तस्करले पुरानो विधि प्रयोग गरेको पाइएको र यसले सुरक्षामा चुनौती थपिएको बताए। निकुञ्ज प्रशासनले यो घटनालगत्तै रणनीतिक हिसाबले अनुसन्धान थालेको र तस्कर पक्राउ गर्ने जिकिर गर्दै उनले तत्काल पूरै निकुञ्ज ‘स्वीप’ गरिने जानकारी दिए।

निकुञ्जका सबै क्षेत्रमा पुग्नेगरी गस्ती बढाइने प्रमुख संरक्षण अधिकृत पुनको भनाइ थियो। कतिपय यस्ता घटना थाहै नहुने भन्दै उनले घटना भएको तेस्रो दिन गस्ती टोली पुगेको पनि बताए। निकुञ्जभित्र यतिबेला बाक्लो झाडी भएकाले नजिकै पनि देख्न मुस्किल हुन्छ। प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘सुरक्षामा चुनौती थपिएको छ। हामी यसलाई गम्भीररुपमा लिएर रणनीतिक हिसाबले काम गर्छौं।’

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत एवं हालका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले नयाँ चुनौती थपिएको बताए। २०/२५ वर्ष पहिले तस्करले प्रयोग गरेको विधि अहिले प्रयोग भएको भन्दै उनले खाल्टो खनुन्जेलसम्म पनि संयन्त्रले थाहा नपाउनु दुःखद् भएको बताए।

विभाग, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल छलफल गरेर छानबिन र अनुसन्धान सूक्ष्मढङ्गले अघि बढाउने बताए।

समग्र सबै क्षेत्रमा चुनौती देखिएको भन्दै उनले सूष्मरूपमा निकुञ्जभित्र गस्ती गर्नुपर्नेमा जोड दिए। उपमहानिर्देशक ढकालले भने, ‘निकुञ्जभित्र अरु पनि खाल्टा खनिएको र घटना भएको हुनसक्छ। सूष्म अध्ययन गर्नुपर्छ।

समग्र संरक्षणका बिधि पद्धती, तरिकाको समीक्षा गरिनुपर्छ।’ उनले थपे– ‘विभागले यो घटनालाई गम्भीररुपमा लिएको छ। स्थानीय समुदायसँग सहकार्य बढाएर संरक्षणमा लाग्नुपर्छ।’ सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए। पछिल्ला वर्षहरुमा वन्यजन्तु चोरी सिकारी निकै घटेर गएको थियो। कतिपय वर्षहरुमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो। गत वर्ष दुईवटा गैँडा सिकारीले मारेका र तस्कर पक्राउ परेका थिए। -रासस

प्रकाशित: २०८० मङ्सिर १ गते शुक्रबार ०३:३१
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना