२०८३ कार्तिक १२ गते बुधबार

गैँडा पुरिने खाल्डो खन्दा पनि सेनाको गस्तीले थाहै पाएन, कसरी होला संरक्षण!

 |  नारायण अधिकारी
Sanket

नारायण अधिकारी

चितवन, मङ्सिर १
rhino_dead

चितवन- दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा तस्करले धरापमा पारेर मारेका छन्। दुवै गैँडा खाल्टोमा परेर मरेका हुन्। विगत लामो समयदेखि तस्करले खाल्टो खनेर गैँडा धरापमा पारेका थिएनन्। करिव बीस वर्षअघि यसरी गैँडा मार्ने गरिएकामा पछिल्ला वर्षहरुमा गोली हानेर, करेन्ट लगाएर तस्करहरुले गैँडा मार्दै आएका थिए।

निकुञ्जभित्र खाल्टो खनी धरापमा पारेर गैँडा मार्न थालेपछि निकुञ्जको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ। खाल्टो खनेर धराप बनाउन समय लाग्ने भएकाले लामो समय तस्कर निकुञ्जभित्र बसेको यस घटनाले देखाएको छ। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै दुईवटा खाल्टामा गैँडालाई धरापमा पारेर मारिएको थियो।

६ र १८ वर्षका पोथी गैँडा मरेको अन्दाजी तीन र दस दिनमा फेला परेको निकुञ्जको अनुमान रहेको छ। उनका अनुसार नजिकै अर्को खाडल पनि भेटिएको छ। पाँच सय मिटर वरपर हेर्दा थप खाल्डा भने भेटिएनन्। तस्करले खाल्टाको माटो केही पर लगेर फालेको देखिएको छ। कोदालो, गैँचीजस्ता साधन प्रयोग गरेर खाल्टो खनिएको अनुमान गरिएको छ। खाग लगेर खुर छाडिएको छ।

गैँडाको बाटो पहिचान गरी खाल्टो खनेर नजिकैबाट चियो गरेको देखिन्छ। गैँडा मरेपछि खाग काटेर लगेका हुन्। यो लामो समयसम्म निकुञ्जभित्र रहेर तस्करले निर्धक्कसँग गैँडा मारेको पाइएको छ।

सोही क्षेत्रमा निकुञ्जले चाडपर्वको समयमा गस्ती बढाएको जनाएको थियो बिहीबार दुई मृत गैँडा भेटिँदा सोही क्षेत्रमा ५२औँ दिनसम्म नियमित हात्तीको गस्ती थियो। दसवटा हात्तीमा निकुञ्ज सुरक्षार्थ नेपाली सेना र निकुञ्जका कर्मचारीले पूर्वी क्षेत्रमा गस्ती गरिरहँदा पनि दसैँ र तिहारको बीचको समयमा तस्करहरुले खाल्टोमा पारेर गैँडा मारेका हुन्। यो विधि प्रयोग गर्न समय लाग्ने सूचना अधिकारी तिवारीले बताए।

उनको भनाइमा तस्करले गैँडाको बाटो पहिचान गरी खाल्टो खनेर नजिकैबाट चियो गरेको देखिन्छ। गैँडा मरेपछि खाग काटेर लगेका हुन्। यो लामो समयसम्म निकुञ्जभित्र रहेर तस्करले निर्धक्कसँग गैँडा मारेको पाइएको छ।

सो क्षेत्रमा रहेका गैँडामध्ये १२ वटा बाढीले बगाएकाले भारतीय भूमिमा पुगेर उद्धार गरी ल्याइएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले तस्करले पुरानो विधि प्रयोग गरेको पाइएको र यसले सुरक्षामा चुनौती थपिएको बताए। निकुञ्ज प्रशासनले यो घटनालगत्तै रणनीतिक हिसाबले अनुसन्धान थालेको र तस्कर पक्राउ गर्ने जिकिर गर्दै उनले तत्काल पूरै निकुञ्ज ‘स्वीप’ गरिने जानकारी दिए।

निकुञ्जका सबै क्षेत्रमा पुग्नेगरी गस्ती बढाइने प्रमुख संरक्षण अधिकृत पुनको भनाइ थियो। कतिपय यस्ता घटना थाहै नहुने भन्दै उनले घटना भएको तेस्रो दिन गस्ती टोली पुगेको पनि बताए। निकुञ्जभित्र यतिबेला बाक्लो झाडी भएकाले नजिकै पनि देख्न मुस्किल हुन्छ। प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘सुरक्षामा चुनौती थपिएको छ। हामी यसलाई गम्भीररुपमा लिएर रणनीतिक हिसाबले काम गर्छौं।’

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत एवं हालका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले नयाँ चुनौती थपिएको बताए। २०/२५ वर्ष पहिले तस्करले प्रयोग गरेको विधि अहिले प्रयोग भएको भन्दै उनले खाल्टो खनुन्जेलसम्म पनि संयन्त्रले थाहा नपाउनु दुःखद् भएको बताए।

विभाग, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल छलफल गरेर छानबिन र अनुसन्धान सूक्ष्मढङ्गले अघि बढाउने बताए।

समग्र सबै क्षेत्रमा चुनौती देखिएको भन्दै उनले सूष्मरूपमा निकुञ्जभित्र गस्ती गर्नुपर्नेमा जोड दिए। उपमहानिर्देशक ढकालले भने, ‘निकुञ्जभित्र अरु पनि खाल्टा खनिएको र घटना भएको हुनसक्छ। सूष्म अध्ययन गर्नुपर्छ।

समग्र संरक्षणका बिधि पद्धती, तरिकाको समीक्षा गरिनुपर्छ।’ उनले थपे– ‘विभागले यो घटनालाई गम्भीररुपमा लिएको छ। स्थानीय समुदायसँग सहकार्य बढाएर संरक्षणमा लाग्नुपर्छ।’ सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए। पछिल्ला वर्षहरुमा वन्यजन्तु चोरी सिकारी निकै घटेर गएको थियो। कतिपय वर्षहरुमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो। गत वर्ष दुईवटा गैँडा सिकारीले मारेका र तस्कर पक्राउ परेका थिए। -रासस

प्रकाशित: २०८० मङ्सिर १ गते शुक्रबार ०३:३१
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना