काठमाडौँ- नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको आरोप लगाएका छन्।
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले पार्टी मुख्यालय कोटेश्वरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
शान्ति प्रक्रिया टुङ्गाउन प्रधानमन्त्री पुष्पकमल दाहालले नै नचाहेको आरोप थोपरेर आफ्नो पार्टी विरुद्ध घेराबन्दी गरिएको उनको टिप्पणी गरे।
‘थाहै नपाईकन हामी बिग्रिन्छौं। चिप्लिन्छौँ। हामी बर्बाद भएपछि त भई हाल्यो। नैतिक बल र आचरण सबैभन्दा ठूलो कुरा हो,’ उनले भने, ‘अहिले हाम्राविरुद्ध घेराबन्दी भइरहेको छ। यो चिर्नका लागि हामीले मेहनेत र परिश्रम गर्नुपर्छ। हामी नैतिकतामा चै अडिग हुनुपर्छ। नैतिकतामा भन्दा ठुलो तागत र ज्ञान चै मैले चै अर्को देखेको छैन्।’
उनले समाजवादको यात्रा कठिन नभएको जिकिर गरे।


