काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने बताएका छन्। शनिबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा ओलीले यस्तो बताएका हुन्।
यद्यपि ओलीले प्रसाईंको नाम भने लिएनन्। ‘एउटा कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु जोडतोडले लागेका छन्। देशभरिबाट काठमाडौंमा मानिसहरु उतार्न, ती मानिसहरु आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो,’ उनले भने।
नेकपा एमालेका युवा विद्यार्थीले पनि त्यस दिन काठमाडौँमा प्रदर्शन कार्यक्रम राखेको छ। ‘हामी मान्छे ओसारेर होइन, यहीँ भएका युवा विद्यार्थी र त्यसको पृष्ठभागमा युवा विद्यार्थी एक्लै छैनन् भन्ने देखाउन चाहन्छौं, हामीले थोरै संकेत मात्र गर्न खोजेको हो,’ उनले भने।
देशमा अनियमितता र बेथितिले सीमा नाघेको ओलीको आरोप छ। अनियमितता र बेथितिको कारण गठबन्धन सरकार रहेको उनको आरोप छ।


