काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात माग गरेको छ।
समितिका सचिव सुरजकुमार दुराका अनुसार ज्ञावालीको जन्ममितिका सम्बन्धमा उजुरी परेपछि कागजात माग्ने निर्णय भएको थियो।
समिति सभापति रामहरि खतिवडाले ज्ञवालीकोस जन्ममितिसम्बन्धी कागजात मगाउन निर्देशन गरेको थियो।
उजुरीकर्ताले ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी गर्दै उजुरी दिएका छन्।
नागरिकतामा ज्ञवालीको जन्ममिति २०२४ चैत २१ र प्रहरीको सिटरोलमा २०२५ भदौ २६ उल्लेख छ । ज्ञवाली हाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख छन्।


