२०८३ साउन १३ गते बुधबार

इन्टरभ्याली ह्विलचेयर बास्केटबलको उपाधी आर्मी र डब्लुडब्लुबिएलाई

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २३
wheelchair basketball

काठमाडौं – इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ को उपाधी पुरुष तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र महिला तर्फ ओमेन ह्विलचियर बास्केटबल एशोसियसन (डब्लुडब्लुबिए) ले हात पारेका छन्।

नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा भएको प्रतियोगिताको निकैनै रोमाञ्चक फाईनल खेलमा आर्मीले जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लबलाई ४४ – ३३ अंकले पराजित गर्दै उपाधी उचालेको हो। पहिलो क्वाटरमा ८–१० ले पछाडी परेको आर्मी खेलमा फर्कदै दोश्रो क्वाटरमा १० – ९, तेश्रो क्वाटरमा १४ – १० र चौथो क्वाटरमा १२ – ४ ले अग्रता कायम गर्दै जित आत्मसाथ गर्न सफल भएको हो। आर्मीको जितमा दान थिङ्गको २२ अंकको योगदान रह्यो। यस्तै आर्मीका रमेश खत्री मोस्ट भ्यालुएबल खेलाडी घोषित भए। तेश्रो स्थानमा बुद्धिसरा इन एक्सन रह्यो।

राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फ ओमेन ह्विलचियर बास्केटबल एशोसियसनले आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एसोशियसनलाई पराजित गर्दै उपाधी कब्जा गरेको हो। डब्लुडब्लुबिएले रजनी चामलिङ्ग राईको १३ अंकको योगदानमा फाईनलमा आयोजकलाई १९–२ अंकको अन्तरले पराजित गरेको हो। रनजी मोस्ट भ्यालुएबल खेलाडी पनि घोषित भईन्। तेश्रो स्थानमा ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल रह्यो।

बिजयी शिर्ष तीन टिमले क्रमश नगद ४० हजार, ३० हजार र २५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे। दुई दिन सम्म संचालन भएको प्रतियोगिताका विजयी टिमलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बागमती प्रदेश साँसद लक्ष्मी घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए।

बिजयी टिमलाई सम्वोधन गर्ने क्रममा प्रमुख अतिथी राखेपका सदस्य सचिव घिसिङले अपाङ्गता भएको ब्यक्तिहरुको यस्ता प्रतियोगिताले सपाङ्गलाई चुनौती दिएको भन्दै अस्तित्वमा रहेको दुई पारालम्पिक संघलाई एक बनाउँदै अफिसियल रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन परिषदले कदम चाल्ने बताए।

प्रतियोगितामा पुरुष तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन, स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाल, त्रिभुवन आर्मी क्लब, बुद्धिसरा इन एक्सन, र जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लब, गरि ५ टिम तथा महिला तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन, बुद्धिसरा इन एक्सन, ओमेन ह्विलचियर बास्केटबल एशोसियसन र ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल, गरि ४ टिमले उपाधीका लागि प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २०७९ चैत २३ गते बिहिबार ०७:१४
प्रतिक्रिया

थप समाचार

एथ्लेटिक्समा ४ दशक अविराम, इन्द्रालाई ‘लाइफटाइम’ सम्मान

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ। प्रतिभा छनोट समितिको...

वेस्ट इन्डिजमाथि ६ विकेटले नेपाल विजयी

काठमाडौँ- नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज एमाथि ६ विकेटको जित हात पारेको छ। ५ खेलको सिरिजमा तीन खेल जित्दै वेस्ट इण्डिजले उपाधि हात पारेको छ। शनिबार भएको पाचौँ खेलको १७३...

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ- आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव...

इटहरी गोल्डकप स्चर्च ब्वाइज सेमिफाईनलमा

धरान- इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलको अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा...

‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’

गण्डकी- गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री महेन्द्रध्वज जिसीले प्रशिक्षक बिना खेलकुदको विकास असम्भव नहुने बताएका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आठौँं बोर्ड बैठकलाई...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना