गाजा- इजरायली सेनाले गाजाको अस्पताल क्षेत्रमा ५५ मिटर लामो सुरुङ भेटिएको बताएको छ। उक्त सुरुङ १० मिटर गहिरो रहेको समेत उल्लेख गरेको छ।
इजरायली सेनाका अनुसार गाजा अस्पताल भवनमा भएका सुरुङलाई हमास समूहले आतंकका गतिविधि चलाउने प्रयोग गर्दै आएका छन्। तर हमासले भने इजरायली सेनाले लगाएका सबै आरोप निराधार भएको बताउँदै आएको छ।
इजरायली सेनाले भने ती सुरुङमा बन्धकहरुूलाई राखिएको प्रमाणमा फेला पारिसकिएको दाबी गरेको छ।
OPERATIONAL UPDATE: IDF and ISA forces revealed a significant 55-meter-long terrorist tunnel, 10 meters underneath the Shifa Hospital complex during an intelligence-based operation.
The tunnel entrance contains various defense mechanisms, such as a blast-proof door and a firing… pic.twitter.com/tU4J6BD4ZG
— Israel Defense Forces (@IDF) November 19, 2023
अमेरिकाका लागि इजरायली राजदूत मिसेल हर्जोगले हमासले बन्धक बनाएकामध्ये उल्लेख्य संख्यामा मुक्त हुने आशा गरिएको बताएको छन्। अक्टोबर ७ मा हमासले इजरायली क्षेत्रमा आक्रमण गरेपछि २ सयभन्दा बढी व्यक्तिलाई हमासले बन्धक बनाएको बताइँदै आएको छ।
अक्टोबर ७ मा आक्रमण गर्दा १२ सय इजरायली मारिएका थिए। त्यसको प्रतिकार गर्दै इजरायलले गरेको आक्रमणमा १३ हजारभन्दा बढी गाजाबासीको मृत्यु भइसकेको छ। यीमध्ये ४ हजार ५ सयभन्दा बढी बालबालिका भएको बीबीसीले उल्लेख गरेको छ।
हमास समूहले एक जना नेपालीलाई पनि बन्धक बनाएको छ। ती नेपाली पनि शीफा अस्पतालमा नै रहेको भन्दै इजरायली सेनाले सीसीटीभी फुटेज सार्वजनिक गरेको छ।
नेपाल सरकारका अनुसार सम्पर्कविहीन नेपाली कञ्चनपुरका विपीन जोशी हुन्। उनलाई हमासले बन्धक बनाएको प्रमाण आफूहरूसँग रहेको भन्दै इजरायली सेनाले नेपाली राजदूतावासलाई जानकारी गराएको बताइएको छ।


