२०८३ साउन १३ गते बुधबार

रुकुम पश्चिमका दुई दुर्घटनामा तीन जनाको मृत्यु

 |  रासस
Sanket

रासस

त्रिवेणी, मङ्सिर ४
Accident

त्रिवेणी (रुकुमपश्चिम)- रुकुमपश्चिममा भएका दुई सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सपना बुढाको १७ महिनाको छोरा प्रतीक बुढाको जिप दुर्घटनामा परी मृत्यु भएको हो भने सानीभेरी गाउँपालिका–९ हासिवाङकी ६५ वर्षीया कमला खड्का मगरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।

खड्का मगरलाई सानीभेरी गाउँपालिका–९ खारखोलास्थित मध्यपहाडी राजमार्गमा आइतबार साँझ अल्फाबेट नखुलेको ४२८८ नंको मोटरसाइकले ठक्कर दिँदा घाइते भएका थिए।

उनलाई चौरजहारी अस्पतालले थप उपचारका लागि आइतबार नै प्रादेशिक अस्पताल सुर्खेत पठाएको र उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। सोही ठाउँकै मोटरसाइकल चालक यमराज विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

जिप दुर्घटनामा गम्भीर घाइते ओलीको उपचारका क्रममा चौरजहारी अस्पताल र सपना बुढाको १७ महिलाको छोरा प्रतीक बुढाको एम्बुलेन्समार्फत थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा सल्यानको नेटा भन्ने ठाउँमा मृत्यु भएको थियो।

घाइते भएका ६ जनाको मेडिकल कलेज कोहलपुर, चार जनाको प्रादेशिक अस्पताल सुर्खेत र सामान्य घाइते भएका नौजनाको चौरजहारी अस्पताल रुकुमपश्चिममा उपचार भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।

बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गइरिजिउलामा लु१ज २२९७ नंको जिप दुर्घटनामा परेको थियो। जिपमा सवार चालकसहित २२ जना घाइते भएका थिए। जिप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गइरिजिउला सडक खडण्डबाट भेरी नदीमा खसेको थियो।

दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए।

प्रकाशित: २०८० मङ्सिर ४ गते सोमबार ०६:०८
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना