काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मंगलबार दिउँसो २ बजे निजीक्षेत्रका प्रतिनिधिसँग छलफल गर्दैछन् । अर्थतन्त्र चलायमान बनाउने विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्न लागिएको प्रधानमन्त्री स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा हुने छलफलमा सोमबार अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेका थिए । सोही छलफलले निजी क्षेत्रसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।


