काठमाडौँ- डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को पदाधिकारी बैठक बसिरहेको छ। केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न तीनकुनेस्थित पार्टी कार्यालयमा पदाधिकारी बैठक बसेको हो।
त्यसलगत्तै २ बजेबाट कार्यकारीणी समितिको बैठक बस्ने समाजवादीले जनाएको छ। नेकपा माओवादी केन्द्रसँग एकता गर्ने अन्तिम तयारी भैरहेको बेला नेसपाको ६ र ७ गते रोयल जडिबुटी बैंक्वटमा केन्द्रीय समिति बैठक बस्दैछ।
माओवादी केन्द्रसँग एकताका लागि डा. भट्टराई अझै तयार नभएको बताइएको छ। तर पदाधिकारी र कार्यकारिणी समिति बैठक भने एकताकै एजेन्डा पारित गराउनका लागि बसेको नेसपाका एक नेताको दाबी छ।


