काठमाडौँ- नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ। शाखाको बिहीबार बसेको कार्यसमितिको बैठकले एक लाख एक हजार १११ रुपैयाँको उक्त पुरस्कार पत्रकार नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो।
आगामी शनिबार हुने शाखाको २३औं साधारणसभामा शाखाका संस्थापक अध्यक्षसमेत रहेका नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
नेपाल नेपाल पत्रकार महासंघको केन्द्रीय समितिका पूर्वअध्यक्षसमेत हुन्। शाखाको बिहीबारको कार्यसमिति बैठकले सो पुरस्कार शाखाका संस्थापक अध्यक्ष नेपाललाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिए।
आगामी शनिबार शाखाको २३औं साधारणसभामा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई पुरस्कृत गर्ने कार्यक्रम तय गरिएको छ।


