काठमाडौं- सर्वोच्च अदालतको न्यायाधीशका लागि ६ जना सिफारिस भएका छन्। मंगलबार बसेको न्यायपरिषद्को बैठकले ६ जनालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ।
कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ भने उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस भएको स्रोतले जनाएको छ।


