२०८३ साउन १३ गते बुधबार

कस्तो रहला आजको मौसम? कहाँ छ मेघगर्जन र वर्षाको सम्भावना?

 |  रासस
Sanket

रासस

काठमाडौँ, फाल्गुण २८
cloudy weather

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार प्रि–मनसुन गतिविधि सक्रिय रहेकाले पछिल्ला दिनमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ। ‘प्रि–मनसुन भनेको मनसुनअघिको समय हो, यो भित्रको गतिविधि भनेको स्थानीय वायुहरू सक्रिय रहने तथा पश्चिमी वायुको प्रभाव देखिनुका साथै दिनभर घाम लागेर बेलुकीपख मेघगर्जन, चट्याङसहित हल्का वर्षा गराउँछ, त्यसैलाई मौसमी भाषामा प्रि–मनसुन गतिविधि भनिन्छ’, वरिष्ठ मौसमविद् पौडेलले भने।

बिहान र दिउँसो मौसम राम्रो रहे पनि साँझपख देशका पहाडी भू–भागमा छिटफुटदेखि हल्का वर्षाको सम्भाना रहेको उनले उल्लेख गरे। प्रि–मनसुन मार्च, अप्रिल र मे महिनालाई मानिन्छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज काठमाडौँको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहेको छ।

प्रकाशित: २०७९ फाल्गुण २८ गते आईतबार ०९:३२
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

वर्षौंदेखि सम्भावना ढुकेको दिज गाउँ

बागलुङ- वरिपरि घना जंगल। छेउमै सुसाउने उत्तरगंगा नदी। नदी किनारमा छ दिज गाउँ। काठै काठले सजाइएका घर र गाउँले जनजीवन। यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई। जोडिएर बनेका काठका मौलिक घर...

ब्याजदर घटेर तल्लो तहमा आउँदा पनि कर्जा विस्तार सुस्त किन?

काठमाडौँ- गत आर्थिक वर्षमा कर्जाको ब्याजदर एकल अंकको तल्लो तहमा आइपुग्यो। कर्जा सस्तो हुँदा पनि ऋण लगानी विस्तार सुस्त देखियो। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र न्यून ब्याजदरबाट अर्थतन्त्रले...

इरानमा अड्किएका नेपाली भारतले ल्याइदिने

काठमाडौँ- इजरायल-इरान युद्धका कारण इरान पुगेका नेपाली नागरिकहरूको उद्धार गर्न भारतले सहमति जनाएको छ। नेपाल सरकारको अनुरोधमा भारतले इरानका नेपालीलाई फिर्ता ल्याइदिन सहमति जनाएको हो। परराष्ट्र...

बेइजिङमा नेपालका गन्तव्य प्रदर्शनी

काठमाडौं- चीनको राजधानी बेइजिङ्‌मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ। नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औं ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम-२०२५)’ मार्फत नेपालका पर्यटकीय...

टी–२० अन्तर्राष्ट्रिय सिरिज : कुवेतसँग फाइनल भिड्दै नेपाल

काठमाडौंँ- हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दै छ। आइतबार हङकङको मङ कोक क्रिकेट मैदानमा फाइनल खेल हुँदै छ। खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना