२०८३ कार्तिक २२ गते शनिवार

सर्वोत्तम सिमेन्टले ल्यायो बुक बिल्डिङबाट आईपीओ, कस्तो हुन्छ प्रक्रिया?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ६
Sarbottam Cement Industry

काठमाडौं- नेपालमा पहिलोपटक बुक बिल्डिङमार्फत सेयरको सार्वजनिक निष्कासन हुने भएको छ। सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ प्रणालीमार्फत मंसिर ६ गतेदेखि सेयरको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको हो।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत जारी पुँजी ४ अर्ब ६५ करोडको १२.९०३३ प्रतिशत हुन आउने ६० करोड रुपैयाँको सेयर निष्कासन गर्न लागेको हो। योग्य संस्थागत लगानीकर्ता (क्यूआईआई) का लागि ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर मंसिर ६ देखि १० गतेसम्म जारी गर्नेछ।

सेयरको प्रारम्भिक ‘कट-अफ’ मूल्य प्रति कित्ता ४०१ रुपैयाँ तय भएको छ। क्यूआईआईहरुले अधिकतम ६०१.५० रुपैयाँसम्म मूल्य कबोल गर्न सक्छन्। ४०१ र ६०१.५० बीचमा क्यूआईआईले जति मूल्य पनि कबोल गर्न पाउँछन्। तर उनीहरू सबैले समान संख्या/अनुपातमा सेयर पाउँछन् भन्ने चाहिँ निश्चित हुँदैन।

बुक बिल्डिङमा क्युआईआईका लागि तोकिएको संस्थाले आवेदन दिएपछि वास्तविक कट अफ मूल्य यकिन गरिन्छ। सर्वोत्तमको हकमा ६०१ रुपैयाँबाट सुरु गरी जति रुपैयाँमा आइपुग्दा २४ लाख कित्ता सेयर सकिन्छन् त्यहीसम्म कबोल गर्ने लगानीकर्ताले मात्र सेयर पाउँदछन्। यो प्रक्रिया अक्सन समान हो। तर ४०१ रुपैयाँभन्दा कम मूल्यमा कसैले पनि आवेदन दिन पाउँदैनन्। २४ लाख कित्ता सेयर बिक्री हुने न्यूनतम मूल्य वास्तविक कट अफ मूल्य हो।

वास्तविक कट-अफ मूल्य भने बोलकबोलपछि मात्रै तय हुन्छ। बोलकबोल सम्पन्न भएको अर्को दिन नेप्सेले कट-अफ मूल्य निकाल्छ। क्यूआईआई बाँडफाँट गर्दा निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने सबैभन्दा न्यूनतम मूल्य कट-अफ मूल्य हो।

बोलकबोलमा यदि ५०० रुपैयाँका दरले सर्वोत्तमको सबै २४ लाख कित्ता सेयर बिक्री भयो भने त्यसैलाई कट-अफ मूल्य मानिनेछ। त्यसपछि कट-अफभन्दा १० प्रतिशत कम मूल्यमा सर्वसाधारणका लागि आइपीओ जारी हुन्छ।

क्युआईआईलाई बाँडफाँट सम्पन्न भएको ७ दिनभित्र नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विवरण दिनुपर्छ। सेबोनले सन्तुष्ट भएर स्वीकृति दिएपछि सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रक्रिया अघि बढ्छ।

सर्वसाधारणले बाँकी ३६ लाख कित्ताका लागि आवेदन दिन पाउँछन्। यसमा आरक्षणको सेयर पनि हुन्छ। कम्पनीको आइपीओमा ५० कित्ताभन्दा कम संख्यामा आवेदन दिन नमिल्ने व्यवस्था गर्न लागिएको छ।

बुक बिल्डिङलाई सेयर निष्काशनको सबैभन्दा वैज्ञानिक विधि मानिन्छ। प्रिमियम मूल्यमा सेयर निष्कासनको अनुमति दिँदा नेपाल धितोपत्र बोर्ड (सेबोन) एकपछि अर्को गरी विवादित भइरहेका बेला सर्वोत्तमले बुक बिल्डिङ विधि रोजेको हो।

सौरभ ग्रुपको २९ प्रतिशत होल्डिङ रहेको सर्वोत्तम सिमेन्ट मार्केटको ‘टप टायर प्लेयर’ हो। क्लिंकर र ग्राइन्डिङ गरेर उद्योगसँग वार्षिक १० लाख टन उत्पादन क्षमता छ।

नवलपरासीमा यसको प्लान्ट छ। कम्पनीले गत आर्थिक वर्ष ५ अर्ब ३८ करोडको व्यापार गर्‍यो। चालु वर्ष सर्वोत्तमले ७ अर्ब ८९ करोडको कारोबार गर्ने प्रक्षेपण गरेको छ। जुन अघिल्लो वर्षको भन्दा ४६.६५ प्रतिशत बढी हो। यसवर्ष तीन महिनामै कम्पनीको व्यापार डेढ अर्ब नाघेको छ। कम्पनीले पहिलो त्रैमासमै ३० करोड रुपैयाँको सिमेन्ट भारत निर्यात गरेको छ। चालु आर्थिक वर्ष ८२ करोड ८४ लाख खुद मुनाफा कमाउने कम्पनीको लक्ष्य छ। सर्वोत्तमले झापाको मानसा सिमेन्ट उद्योग किन्ने तयारी गरेको छ।

प्रकाशित: २०८० मङ्सिर ६ गते बुधबार ११:५६
प्रतिक्रिया

थप समाचार

oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना