२०८३ कार्तिक १३ गते बिहिबार

आजदेखि उपनिर्वाचनको आचारसंहिता कार्यान्वयनमा, निर्वाचन क्षेत्रबाहेक अन्यत्र लागू नहुने

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २४
election

काठमाडौं–निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि निर्वाचन क्षेत्र रहेका तीन जिल्लामा निर्वाचन आचारसंहिता लागू गरेको छ। आयोगले चितवन २, बारा २ र तनहुँ १ मा हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको हो।

आचारसंहिता उपनिर्वाचन सम्पन्न नभएसम्म लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

आयोगले मन्त्री, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्थालगायतका लागि निर्वाचन आचारसंहिता लागू हुने प्रस्ट्याएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनभित्रै गर्ने भनिएको मन्त्रिपरिषद् विस्तारलाई निर्वाचन आचारसंहिताले नरोक्ने आयोगका प्रवक्ता पौडेलले बताए। आयोगले आजदेखि लागू गरेको आचारसंहिता देशभरि नभएर निर्वाचन हुने बारा, चितवन र तनहुँमा मात्रै लागू हुने हुँदा यी जिल्ला प्रत्यक्ष प्रभावित नहुने गरी जुनसुकै गतिविधि गर्न सकिने उनको भनाइ छ।

उपनिर्वाचनका लागि तीन वटै क्षेत्रमा दस दलीय गठबन्धनबाट चितवन र तनहुँमा कांग्रेस उम्मेदवार र बारामा जसपा उम्मेदवार निर्वाचन मैदानमा छन्। एमाले, राष्टिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलले पनि तीन वटै क्षेत्रमा उम्मेदवारी दिएका छन्।

प्रकाशित: २०७९ चैत २४ गते शुक्रबार ०७:२६
प्रतिक्रिया

थप समाचार

लाग्यो उपचुनाव, यस्तो छ कार्यतालिका

काठमाडौँ- निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ। आयोगले शुक्रवार सूचना जारी गर्दै यही...

उपनिर्वाचन पर्यवेक्षणमा ९ संस्था खटिने

काठमाडौँ- निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नौं वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ। आयोगले यसका लागि कार्तिक २६ गतेदेखि ३० गतेसम्म आवेदन मागेको थियो। आयोगले...

तीन वर्षसम्म पनि तीन दलले बुझाएनन् लेखापरीक्षण प्रतिवेदन

लगातार तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने तीन दल छन्। 

निर्वाचन आयोगद्वारा मतदाता नामावली सार्वजनिक

काठमाडौँ- निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगबाट उपनिर्वाचनलाई लक्ष्य गरी देशभर सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक...

इलाम-२ को उपनिर्वाचनः चैत २४ गते उम्मेदवारी दर्ता

काठमाडौं- वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम सार्वजनिक भएको छ। निर्वाचन आयोगले सोमबार निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको हो। निर्धारित कार्यतालिका अनुसार चैत २४ गते उम्मेदवारी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना