काठमाडौं- वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम सार्वजनिक भएको छ। निर्वाचन आयोगले सोमबार निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको हो। निर्धारित कार्यतालिका अनुसार चैत २४ गते उम्मेदवारी दर्ता हुने भएको छ।
यस्तै चैत २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गर्नेगरी आयोगले कार्यतालिका तय गरेको छ। चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको र वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ।
उपनिर्वाचन इलाम-२ र बझाङ १(१) मा हुनेछ।


